मुख्य समाचार

कांग्रेस नेता आलमको म्याद सात दिन थप

रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो ।  विसं २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । निकै कडा सुरक्षा व्यवस्थाबीच… पुरा पढौ

सांसद साह प्रहरीको थुनुवा घरमा, पक्राउको विरोधमा प्रदर्शन

प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा घरमा राखिएको छ । मंगलबार काठमाडौं विमानस्थलबाट पक्राउ परेका साहलाई हवाइमार्ग हुँदै म्याद थपका लागि सोझै जिल्ला अदालतमा लगिएको थियो । तर, कार्यालय समय समाप्त भइसकेको हुँदा म्याद थप हुन नसकेपछि बुधबार पुनः अदालत लग्नेगरी तत्काललाई जिल्ला प्रहरी कार्यालयको थुनुवाघरमा राखिएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जनाए । साहलाई अन्य थुनुवालाई जस्तै जिल्ला प्रहरी कार्यालयमा बस्ने व्यवस्था मिलाइएको खनालको भनाइ छ ।  सांसद… पुरा पढौ

राजदूत नियुक्त : अष्ट्रेलियाका लागि दाहाल, स्पेनका लागि शेर्पा

राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई आज नियुक्त गरेकी हुन् । त्यस्तै राष्ट्रपति भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा दावाफुटी शेर्पालाई नियुक्त गरेकी छिन् । पुरा पढौ

अदालत परिसरमा देखिएको महराको त्यो चेहेरा

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिपक कुमार दाहालको इजलाशले यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । महरा गत असोज १९ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ गरेका थिए ।  अदालत खुलेसँगै महरालाई प्रहरीले मंगलबार बिहान महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो… पुरा पढौ

पोखरा आन्तरिक पर्यटकले भरिभराऊ

कास्कीको पोखरामात्र नभई लेखनाथ क्षेत्रका बेगनास तथा रुपालगायतका तालतलैयामा यतिखेर आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । दशैँ तिहारको बीचमा विभिन्न स्कूल तथा क्याम्पसमा बिदा भएका कारण पनि देशका विभिन्न भागबाट आउने पर्यटकले यहाँको पर्यटन चलायमान बनाएको हो । समूह समूहमा आएका पर्यटकका साथै पारिवारिक घुमघाममा आएका पर्यटक यतिखेर कतै सामूहिक फोटो खिचाउँदै छन् त कतै सेल्फी खिच्दै गरेका देखिन्छन् । दशैँ बिदा शुरु भएलगत्तै विभिन्न भागबाट पोखरा आउने पर्यटकका कारण… पुरा पढौ

उपसभामुख डा. शिवमायाको सभामुख नै बन्ने चाहना

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सभामुख नै बन्ने चाहना राखेकी छिन् । यौन दूराचारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । र, महरा प्रहरी हिरासतमा छन् । सभामखु र उपसभामुख एउटै पार्टीको हुनु नहुने संवैधानिक प्रावधानका कारण सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर भए पनि सभामुख छाड्न नहुने तर्क गरिरहेका छन् । पूर्वसभामुख सुवास नेम्वाङले उपसभामुखले पनि राजीनामा दिने यसअघि नै बताइसकेका छन् ।… पुरा पढौ

महरा अनुसन्धानका लागि थप तीन दिन हिरासतमा

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । यसमा महरा पक्राउ परेको दिनदेखिकै गणना हुन्छ । पक्राउ परेयता महरा १० दिन थुनामा बसिसकेकाले अब तीन दिन थुनामा रहनेछन्  । महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । बीचमा दसैं बिदा परेकाले म्याद थपका लागि आजमात्र प्रहरीले महरालाई अदालतमा पेश गरेको… पुरा पढौ

उपनिर्वाचन : दोहोरिएला वाम गठबन्धनको राप ?

विसं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली कांग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमायो । कांग्रेस पराजयको प्रमुख कारण थियो, वाम गठबन्धन । तत्कालीन नेकपा (एमाले), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावमा होमिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एकलौटी जित हासिल पनि भयो । चुनावपछि एमाले–माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । ३ दलको गठबन्धन २ मा झर्यो ।… पुरा पढौ

चिसो बढ्नेक्रम शुरु (यस्ता छन् कारण)

नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए । ‘नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ’, मौसमविद् नगरकोटीले भने । पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण उपत्यकासहित मुलुकभर चिसो बढ्ने गरेको महाशाखाले जनाएको छ । यस… पुरा पढौ

सांसद प्रमोद कुमार साह पक्राउ

जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद कुमार साह पक्राउ गरेका छन् ।  विमानस्थलको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा सोमबार उजुरी परेसँगै उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौं विमानस्थलबाट पक्राउ गरेको हो ।  उनलाई आजै जिल्ला अदालत धनुषामा पेस गरिनेछ । सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । आजै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं