राजदूत नियुक्त : अष्ट्रेलियाका लागि दाहाल, स्पेनका लागि शेर्पा

राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई आज नियुक्त गरेकी हुन् ।

त्यस्तै राष्ट्रपति भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा दावाफुटी शेर्पालाई नियुक्त गरेकी छिन् ।