मुख्य समाचार

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा दाहाल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाललाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघिकी राजदूत लक्की शेर्पाले गएको पुसमा मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएकी थिईन । पुरा पढौ

विमानस्थलमा तोडफोड गर्ने सांसद साह पक्राउ

पक्रउ गर्न आदेश आए लगत्तै बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ परेका छन् । उनि काठमाडौंबाट ओखलढुंगा जाँदै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो । सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए । पुरा पढौ

सांसद साहलाई पक्राउ गर्न आदेश

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहविरुद्ध जिल्ला अदालत जनकपुरले पक्राउ पूर्जी जारी गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको हो । सोमबार वुद्ध एयरको काउन्टरमा साहले तोडफोड गरेपछि त्यस विषयमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरिएको हो । सासंद साहलाई पक्राउ गर्न काठमाण्डुमा पत्र पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए । खनालका अनुसार साहलाई… पुरा पढौ

कांग्रेस सांसद आलममाथि ७ दिन म्याद थप

हत्या आरोप लागेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ। आज जिल्ला अदालत रौतहटमा उपस्थित गराइएकोमा उनलाई न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले कात्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी म्याद थप गरेको हो। विसं २०६४ सालमा बम बनाउने क्रममा पड्केर घाइते भएका केही व्यक्तिलाई आलमले इँटा भट्टामा पोलेर मारेको अभियोग लागेको छ। उनलाई गत आइतबार प्रहरीले रौतहटबाट पक्राउ गरेको थियो। म्याद थप पछि आलमलाई… पुरा पढौ

बुधबार राष्ट्रपति भण्डारी म्यान्मा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएका छन । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले आज जनाएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्ने छन् । राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्ने छन ।… पुरा पढौ

मेलामा खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।  उक्त गाउँपालिका–२, भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही सख्त घाइते भएका थिए । घटनालगत्तै खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा लुकिछिपी बसेका खुकुरी प्रहार गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको उक्त कार्यालयका प्रमुख प्रहरी… पुरा पढौ

महरा प्रकरण : रोशनीको शरीरमा लागेका चोटमा अन्य मानिसको संलग्नता !

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ ।  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो । प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो ।  स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको… पुरा पढौ

उपसभामुख शिवमायालाई राजीनामा गराइँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरे । ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले बतायो । शिवमाया तुम्बाहाङ्फेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामाका विषयमा छलफल गरी मन्त्रीपदका लागि तयारी अवस्थामा बस्न भनेको  स्रोतले बतायो ।  कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त… पुरा पढौ

सभामुखका लागि नेकपाभित्रै तानातान

कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ ।  संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट चयन गरिनुपर्छ । हाल नेकपाकै शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन् । नेकपाले फेरि पनि प्रभावशाली सभामुख पद गुमाउन चाहेको छैन ।  पार्टी एकीकरणपछिको भागबन्डामा सभामुख पद पूर्वमाओवादीको भागमा परेकाले अहिले पनि… पुरा पढौ

जाहेरी दिनू, सांसद साहलाई कारबाही हुन्छ : प्रहरी

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदलाई कानुनी दायरामा ल्याइने प्रहरीले बताएको छ। दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई कानुनअनुसार कारबाही गरिने बताएका हुन्। उनले सोमबार जनकपुर विमानस्थलमा भएको घटनाबारे यथार्थ जानकारी र तोडफोड तथा दुर्व्यवहारबारे प्रहरीमा जाहेरी दिन बुद्ध एयर तथा कर्मचारीलाई अनुरोध गरेका छन्। ‘घटनाको संक्षिप्त जानकारी पाएलगत्तै मैले जनकपुर प्रहरीलाई अनुसन्धान गरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं