राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहविरुद्ध जिल्ला अदालत जनकपुरले पक्राउ पूर्जी जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको हो ।
सोमबार वुद्ध एयरको काउन्टरमा साहले तोडफोड गरेपछि त्यस विषयमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरिएको हो । सासंद साहलाई पक्राउ गर्न काठमाण्डुमा पत्र पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए । खनालका अनुसार साहलाई कारवाही गर्नुपर्छ भन्ने उजुरी परेपछि अनुसन्धानका लागी नियन्त्रणमा लिन प्रहरी कार्यलय धनुषाले महानगरिय प्रहरी कार्यलयलाई मंगलबार पत्र लेखेको हो ।
सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका हन् ।सांसद साहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा एक विरामीलाई समस्या बढ्न थालेपछि आफू आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको स्वीकारेका छन् ।






