पक्रउ गर्न आदेश आए लगत्तै बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ परेका छन् ।
उनि काठमाडौंबाट ओखलढुंगा जाँदै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो ।
सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए ।






