हत्या आरोप लागेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ। आज जिल्ला अदालत रौतहटमा उपस्थित गराइएकोमा उनलाई न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले कात्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी म्याद थप गरेको हो।
विसं २०६४ सालमा बम बनाउने क्रममा पड्केर घाइते भएका केही व्यक्तिलाई आलमले इँटा भट्टामा पोलेर मारेको अभियोग लागेको छ। उनलाई गत आइतबार प्रहरीले रौतहटबाट पक्राउ गरेको थियो।
म्याद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पुर्याइएको छ ।






