मुख्य समाचार

नेपाल तरुण दलले स्थापना दिवस मनाउने

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ६७ औँ स्थापना दिवस भव्यताका साथ देशभर मनाउने भएको छ। दलको कार्यालय कुलेश्वरमा शुक्रबार बसेको बैठकले दलको ६७ औँ स्थापना दिवसका अवसरमा कात्तिक १० गते रचनात्मक र सिर्जनात्मक क्रियाकलाप गरेर देशभर स्थापना दिवस मनाउने निर्णय गरेको हो। दलका अध्यक्ष जीतजङ्ग बस्नेतले रक्तदान, खेलकूद, सरसफाइ, विचारगोष्ठी, र्‍याली, प्रभातफेरी, चियापानलगायतका कार्यक्रम गरेर मनाउने निर्णय गरेको जानकारी दिए। दलले स्थापना दिवस भव्यताका साथ मनाउन सबै… पुरा पढौ

स्थानीय तहका जनप्रतिनिधिका कसको कति थियो सुविधा ?

सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीलाई मासिक पारिश्रमिक तथा सुविधा दिने गरी प्रदेश सभाले निर्माण गरेको कानुन बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका साथै न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले सेवा सुविधा दिने गरी बनाइएको कानुन बदर गरेको हो । सो ऐनको सुविधा प्रदान गर्ने दफा र सम्बद्ध अनुसूची मात्र बदर गरेको हो । प्रदेश १ बाहेकका सबै प्रदेशले स्थानीय तहका पदाधिकारी, सदस्य तथा… पुरा पढौ

महराको अप्रत्याशित बहिर्गमनले भूमरीमा शिवमाया !

२०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो ।’ चार दशकदेखि राजनीतिमा सक्रिय तुम्बाहाङफे यहाँको ‘संस्कार’सँग परिचियत थिइन । जोड्ने, घटाउने, उचाल्ने र पछार्ने चलन अरुतिर जस्तै उनी आवद्ध तत्कालिन एमालेमा पनि थियो । अहिले नेकपामा पनि त्यो प्रवृत्ती हटेको छैन । त्यसैले पार्टी राजनीतिमा आफूभन्दा पछि आएका र थोरै काम गरेका पनि भटाभट अघि बढ्दा कताकता अलमलिएझैं महसुस गर्थिन्… पुरा पढौ

राष्ट्रपति भण्डारी पुत्री उषाकिरण राजनीतिमा

राष्ट्रपति विद्यादेवि भण्डारीकी छोरी उषाकिरण पछिल्लो समय नेपाली राजनीतिको वरीपरि देखिन थालेकी छन् । राष्ट्रपति भण्डारीले आफ्नी जेठी छोरी उषाकिरणलाई भण्डारीलाई राजनीतिमा अगाडि बढाइरहेको पछिल्लो राजनीतिक कार्यक्रममा देखिन थालेको छ । गत शनिबारमात्रै चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको समयमा देखिएको एक दृश्यबाट पनि उनको राजनीतिक सक्रियता प्रष्ट देख्न सकिन्छ ।  गत शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष तथा सरकारका मन्त्रीसहित ठुलो संख्यामा विशिष्ट व्यक्तिको उपस्थितिमाझ चिनियाँ… पुरा पढौ

जनताको मन जित्ने गरी काम गर्न सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधिलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिएका छन् । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुखका लागि आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले भने, ‘कम्युनिष्ट र कांग्रेस फरक हो भनेर कामबाटै देखाउनुपर्छ, कांग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिष्ट सरकारको भन्दा राम्रो काम… पुरा पढौ

राष्ट्रपति भण्डारी म्यान्मारबाटै जापान जाने

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापानको औपचारिक भ्रमण गर्ने भएकी छन् । जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म भण्डारीले भ्रमण गर्ने कार्यतालिका छ । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमारको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्ने उल्लेख गरिएको छ । राष्ट्रपति भण्डारीले कात्तिक ५ गते मङ्गलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिनेछिन् ।… पुरा पढौ

किन पक्राउ परे एनआरएन टमाटा ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसिया आइसीसी परिषद्का सदस्य टेक टमटा पक्राउ परेका छन् । एनआरएनएको नवौँ महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेका बेला टमटा होटेल हायातबाट पक्राउ परेका हुन् ।  महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख रमेश बहादुर सिंहले  एक महिलाको उजुरीको आधारमा टमटालाई पक्राउ परेको पुष्टि गरे ।  जिल्ला प्रशासन कार्यालय ललितपुरको पत्रअनुसार महानगरी प्रहरी परिसर ललितपुरले टमटालाई पक्राउ गरि बुझाउन भनि पठाएको पत्रअनुसार पक्राउ गरिएको हो… पुरा पढौ

वैज्ञानिक समाजवाद रोक्नेलाई खरानी पार्छौ : विप्लव

विद्रोही नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले यो यात्रालाई रोक्न खोजे त्यसलाई खरानी पार्ने चेतावनी दिएका छन् । ठूलो संख्यामा आफ्ना नेता कार्यकर्ता पक्राउ परेपछि उनले कडा प्रतिवाद गर्ने जनाएका हुन् । उनले सरकार दिनप्रतिदिन घोर निरंकुश, सर्वसत्तावादी र फासीवादी बन्दै गएको आरोप लगाएका छन् । विप्लवले भनेका छन्, ‘श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी तस्करीका… पुरा पढौ

यस्तो छ उपनिर्वाचनको कार्यतालिका

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । प्रनिनिधिसभा सदस्यतर्फ कास्की–२ मा उपनिर्वाचन हुँदैछ । त्यस्तै प्रदेश सभा सदस्यतर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को प्रदेशसभा निर्वाचन क्षेत्र–१, बागलुङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को… पुरा पढौ

उच्च अदालत पोखराका न्यायाधीश बर्खास्त

गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको आरोपमा उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त भएका छन् । न्याय परिषद्‌ले शाही न्यायीक विचनलनमा परेको ठहर गर्दै सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको हो । परिषद्‌‌को बिहीबारको सिफारिसपछि प्रधानन्यायाधीशले शुक्रबार शाहीलाई बर्खास्त गरेका हुन्। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं