किन पक्राउ परे एनआरएन टमाटा ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसिया आइसीसी परिषद्का सदस्य टेक टमटा पक्राउ परेका छन् ।

एनआरएनएको नवौँ महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेका बेला टमटा होटेल हायातबाट पक्राउ परेका हुन् । 

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख रमेश बहादुर सिंहले  एक महिलाको उजुरीको आधारमा टमटालाई पक्राउ परेको पुष्टि गरे । 

जिल्ला प्रशासन कार्यालय ललितपुरको पत्रअनुसार महानगरी प्रहरी परिसर ललितपुरले टमटालाई पक्राउ गरि बुझाउन भनि पठाएको पत्रअनुसार पक्राउ गरिएको हो । 

महिलाले के विषयमा उजुरी गरेकी आफूलाई थाहा नभएको डीएसपी सिंहले बताए । उनलाई नियन्त्रणमा लिएर बौद्ध प्रहरीले ललितपुर प्रहरीलाई बुझाइसकेको छ ।