वैज्ञानिक समाजवाद रोक्नेलाई खरानी पार्छौ : विप्लव

विद्रोही नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले यो यात्रालाई रोक्न खोजे त्यसलाई खरानी पार्ने चेतावनी दिएका छन् ।

ठूलो संख्यामा आफ्ना नेता कार्यकर्ता पक्राउ परेपछि उनले कडा प्रतिवाद गर्ने जनाएका हुन् । उनले सरकार दिनप्रतिदिन घोर निरंकुश, सर्वसत्तावादी र फासीवादी बन्दै गएको आरोप लगाएका छन् ।

विप्लवले भनेका छन्, ‘श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामािथको दमनको कडा प्रतिरोध गरिने पार्टी स्पष्ट गदर्छ ।

उनले जनताको मुक्ति एवम् वैज्ञानिक समाजवाद साम्यवादका लागि लडिरहेको जनाउँदै हरेक गद्दारी, ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अझ सशक्त बनेको दाबी गरेका छन् । विज्ञप्तिमा उल्लेख छ , हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्ने छैन । जसले रोक्न खोज्दैछ अन्तिममा उ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भइछाड्नेछ’