मुख्य समाचार

महराद्धारा बयान दिन इन्कार, बयान नदिए के हुन्छ ?

निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेका छन् । प्रहरीले पटक–पटक महरालाई साविती बयानका लागि आग्रह गरे पनि उनले अस्वीकार गरेका हुन् । उच्च प्रहरी अधिकारीका अनुसार महारालाई अस्पतालकै बेडमा गएर पटक–पटक बयानका लागि आग्रह गरिए पनि बोल्दिन भनेका छन् । संविधानले नबोल्ने अधिकार दिएको पनि छ । तर प्रमाणबाट पनि महराले यौन दुर्व्यवहार गरे नगरेको पुष्टि हुने प्रहरीले बताएको छ । महरालाई आइतबार फेरि काठमाडौं जिल्ला अदालतमा… पुरा पढौ

उपचुनावका लागि उम्मेदवारी दर्ता कात्तिक २१ गते

मंसिर १४ गते हुने उपचुनावको उम्मेदवारी दर्ता कात्तिक २१ गते हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भोजपुर १ क, बाग्लुङ २ ख र दाङ ३ खको उम्मेदवारी दर्ताको मिति तोकेको हो । कात्तिक २१ गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि २५ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । पुरा पढौ

‘मन्त्री हेरफेर गर्ने विषयमा छलफल भएको छैन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच कुनै कुराकानी नभएको बताएका छन् । शुक्रबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्री र आफूबीच कुनै कुराकानी नभएको स्पष्ट पार्दै मन्त्री परिवर्तन प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको उल्लेख गरे। अध्यक्ष प्रचण्डले भने, “प्रधानमन्त्री र आफ्नो विषयमा कुरा हुँदा मन्त्रीहरु हेरफेर गर्ने विषयमा कुनै छलफल भएको छैन… पुरा पढौ

एनआरएनएको युवा संयोजकमा पोखराका हिमाल गुरुङ विजयी

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनबाट कुमार पन्त अध्यक्षमा निर्वाचित भएक छन् । यसैगरी पोखराका हिमाल गुरुङ पनि एनआएनए अन्तर्राष्ट्रिय समन्वय समितिको युवा संयोजकमा निर्वाचित भएका छन् । हिमालले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र प्रताप खनाल र सुदीप कार्कीलाई पराजित गरेका हुन् । विजयी हिमालले ७ सय ६८ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी प्रत्यासी स्वतन्त्रले ७ सय ३३ र अर्का प्रत्यासी… पुरा पढौ

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, अन्य पदमा को-को ?

गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याए । महिलासहित ५ उपाध्यक्षमा भने मिश्रति परिणाम आएको छ । खुलातर्फ पन्त समूहका बद्री केसी… पुरा पढौ

स्थानीय तहका जनप्रतिनिधिको तलब सर्वोच्चद्धारा रोक

सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै आएको पारिश्रमिक र सुविधा असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले उक्त आदेश दिएपछि देशभरका करिब ३० हजार जनप्रतिनिधि प्रभावित भएका छन्… पुरा पढौ

‘बाघे’ पक्राउ

नेपाल प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न लामालाई आज दिँउसो पक्राउ गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका लामालाई स्वयम्भूबाट पक्राउ गरिएको जानकारी दिए । महाशाखाको टोलीले पक्राउ गरिएका लामालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी समेत गरेको छ । पुरा पढौ

सांसद साह साधारण तारेखमा रिहा

प्रतिनिधिसभाका सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् । शुक्रबार जिल्ला अदालत धनुषाले साधारण तारेखमा छाड्न आदेश दिएसँगै साह रिहा भएका हुन् । बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा साहविरुद्ध परेको मुद्दामाथि शुक्रबार न्यायाधीश तेजनारायण पौडेलले थुनछेकको बहस गर्दै रिहाइको आदेश दिएका थिए । साहबिरुद्ध चलाइएको मुद्दा बिहीबार जिल्ला अदालतमा पेस गरिएको थियो ।काठमाडौं उड्न सोमबार जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको झोकमा बुद्ध एयरको काउन्टरमा लात्ती हानेका… पुरा पढौ

स्थानीय तहका जनप्रतिनिधिको तलब रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै आएको पारिश्रमिक र सुविधा असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले उक्त आदेश दिएपछि देशभरका करिब ३० हजार जनप्रतिनिधि प्रभावित भएका छन्… पुरा पढौ

प्रहरीद्धारा समातिए गुण्डा नाइके बाघे

राजधानीका विभिन्न स्थानमा गुण्डागर्दी गर्दै आएका बाघे उपनामका सुकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  बालुवा बिक्रीमा ठगी अभियोगमा गुण्डा नाइके बाघे तामाङसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई महानगरीय अपराध महाशाखा प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको छ । लामालाई शुक्रबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् । विभिन्न अपराधमा पक्राउ पर्दै छुट्दै आएका लामा जेबिएस डिपोका सञ्चालक हुन् । स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं