मुख्य समाचार

ओलीबाट धोका भयो : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन्।  पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस प्रचण्डले गरेका छन्। प्रचण्डले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको स्रोतले बतायो। एकतापछि प्रचण्ड र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको… पुरा पढौ

रौतहट बम बिस्फोटका घाइतेहरु प्रहरी सम्पर्कमा, अब अनुसन्धान सहज हुने

२०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् ।  बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ ।  घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहरुबाटै संकलन गरिसकेको जनाइएको छ ।  अनुसन्धान क्रममा एक सातादेखि प्रहरी हिरासतमा रहेका घटनाका आरोपित सांसद महम्मद आफताब आलमले बयानका लागि मुखै नखोले पनि बिस्फोटमा परेर… पुरा पढौ

दाइजोमा भालु र सर्प, अंशमा पनि भालु

विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन । तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा भालु र सर्प दिन्छन् ।  सिरहा सुखीपुर –८ का साविरले छोराहरुलाई पनि भालु नै अंश दिए । बाजेको शेषपछि अंशमा पाएको भालुबाट साविरका बुबा अबु मोहम्मद… पुरा पढौ

यस्तो छ अनिलले बनाएको हात्ती धपाउने साइरन…

झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन् । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन् । उनले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गरेका छन् ।  उनले भने, “मेरो घर आसपासमा जहिले पनि जङ्गली हात्ती आउने र दुःख दिने गर्थ्यो । झापामै हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको देखियो । यसले गर्दा हात्तीलाई कसरी धपाउन… पुरा पढौ

रौतहट हत्याकाण्डः न्याय खोज्दा खोज्दै मारिइन् आमा

बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्याय पाउने आशामा छिन् ।  उनले २०६४ चैतयता ३४ महिनाको अन्तरमा दाइ ओसी अख्तर र आमा रुक्साना खातुन गुमाइन् । राजनीतकि शक्तिको दबाबमा १२ वर्षसम्म थन्किएको मुद्दाको अनुसन्धान पुनः सुरु भएपछि दाइको सँगै आमाको हत्याको अन्तर्य पनि खुल्ने विश्सास उनमा बढेको छ । सम्धी समसुलले रुक्सानालाई सुरक्षा खतरा… पुरा पढौ

५ सिडिओको सरुवा, को कहाँ पुगे ?

गृह मन्त्रालयले पाँच जना प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले सिडिओहरुको सरुवा गरेको हो । मन्त्रालयका अनुशार जिल्ला प्रशासन कार्यालय, बर्दियाका सिडियो राम बहादुर कुरुम्वाङलाई स्याङजामा सरुवा गरेको छ भने स्याङजाका कोशहरि निरौलालाई गुल्मि सरुवा गरेको छ । कुरुम्वाङको ठाउँमा इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तुका उपसचिव प्रेमलाल लामिछानेलाई पठाएको छ । त्यसैगरी गुल्मिका सिडिओ यदुनाथ पौडेललाई दार्चुला सरुवा गरेको छ भने दार्चुलाका सिडिओ शंकर बहादुर… पुरा पढौ

बाँदर कुर्ने रेडियो !

बाँदरले निकै दुःख दिन थालेपछि किसानले विभिन्न जुक्ति निकाल्न थालेका छन् । लगाएको खेती सबै बाँदरले खाइदिंदा समस्यामा पर्ने गरेका किसानले नयाँ जुक्ति निकालेका छन् । पोखरा महानगरपालिका–२९, पटनेरीमा बाँदरले सताएपछि खिर्रोको बोटमा बजाएर रेडियो राखिएको छ ।  पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् । पोखराका विभिन्न क्षेत्रमा बाँदरले दुःख दिन थालेपछि किसान चिन्तित हुँदै आइरहेका छन् । -रासस पुरा पढौ

बोली विवादित बनेपछि देउवाले निकाले यस्तो विज्ञप्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्तीमार्फत हत्या आरोपमा पक्राउ गरेका निलम्बित सांसद मोहम्मद आफताव आलमको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले उक्त मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान भए आफूहरुले सघाउने बताएका हुन् । विज्ञप्तीमा पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भनेका छन्, ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ तर कानुनी राज्यमा विश्वास गर्ने कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।… पुरा पढौ

एनआरएनएका बाचा के–के छन् ?

सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ । एनआरएनएले नेपालको समृद्धिका निम्ति ठूला आयोजनामा नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्तासँग समन्वय गराउने तथा स्वदेशमा बाह्य लगानी, प्रविधि, सीप, अनुभव तथा ज्ञान आकर्षणमा… पुरा पढौ

प्रकाण्डका छोराको विदेश घुमघाम : पार्टीमा यस्तो तरंग

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोराले विदेशमा मस्ती गरिरहेको तस्विरसँगै उनको बारेमा नेकपामा व्यापक चर्चा हुन थालेको छ । पार्टीमाथि प्रतिबन्धसँगै नेता–कार्यकर्ता भूगिमत भएपनि प्रकाण्डका छोरा भने हालै पाँच देशमा घुमेर फर्केको नेकपा वृत्तमा चर्चा छ ।  पार्टी निकट विद्यार्थी संगठनका कोषाध्यक्ष समेत रहेका बिक करिब डेढ महिना विदेशमा बसेर फर्केका एक विद्यार्थी नेताले बताए। दिल्लीको एयरपोर्ट प्रयोग गरेर विदेश हानिएका बिक बंगलादेश, हङकङ हुँदै चीन पुगेका थिए । विदेश… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं