बोली विवादित बनेपछि देउवाले निकाले यस्तो विज्ञप्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्तीमार्फत हत्या आरोपमा पक्राउ गरेका निलम्बित सांसद मोहम्मद आफताव आलमको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले उक्त मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान भए आफूहरुले सघाउने बताएका हुन् ।

विज्ञप्तीमा पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भनेका छन्, ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ तर कानुनी राज्यमा विश्वास गर्ने कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति नहुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु।’