बाँदरले निकै दुःख दिन थालेपछि किसानले विभिन्न जुक्ति निकाल्न थालेका छन् ।
लगाएको खेती सबै बाँदरले खाइदिंदा समस्यामा पर्ने गरेका किसानले नयाँ जुक्ति निकालेका छन् ।
पोखरा महानगरपालिका–२९, पटनेरीमा बाँदरले सताएपछि खिर्रोको बोटमा बजाएर रेडियो राखिएको छ ।
पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् ।
पोखराका विभिन्न क्षेत्रमा बाँदरले दुःख दिन थालेपछि किसान चिन्तित हुँदै आइरहेका छन् । -रासस






