गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको आरोपमा उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त भएका छन् ।
न्याय परिषद्ले शाही न्यायीक विचनलनमा परेको ठहर गर्दै सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको हो । परिषद्को बिहीबारको सिफारिसपछि प्रधानन्यायाधीशले शुक्रबार शाहीलाई बर्खास्त गरेका हुन्।






