राष्ट्रपति भण्डारी पुत्री उषाकिरण राजनीतिमा

राष्ट्रपति विद्यादेवि भण्डारीकी छोरी उषाकिरण पछिल्लो समय नेपाली राजनीतिको वरीपरि देखिन थालेकी छन् । राष्ट्रपति भण्डारीले आफ्नी जेठी छोरी उषाकिरणलाई भण्डारीलाई राजनीतिमा अगाडि बढाइरहेको पछिल्लो राजनीतिक कार्यक्रममा देखिन थालेको छ ।

गत शनिबारमात्रै चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको समयमा देखिएको एक दृश्यबाट पनि उनको राजनीतिक सक्रियता प्रष्ट देख्न सकिन्छ । 

गत शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष तथा सरकारका मन्त्रीसहित ठुलो संख्यामा विशिष्ट व्यक्तिको उपस्थितिमाझ चिनियाँ राष्ट्रपति सीको स्वागतको लागि उनी सवार एयर चाईनाको पुगेको दृश्यबाट धरैले विभिन्न अनुमान लगाउन थालेका छन् ।

राष्ट्रपति भण्डारीले सीको स्वागतका लागि आफ्नै छोरीलाई अगाडी बढाएपछि अहिले केही विरोध पनि उनको यो कदमलाई लिएर टिकाटिप्पणी सुरु भएको छ ।  स्वागतका लागि राष्ट्रपतिकी छोरी गएकोप्रति पोर्टफोलिया चासो समेत बढेको थियो ।

राष्ट्रपतिकै छोरी भएको कारण उनी कुनैपनि हैसियतबाट राष्ट्रपति सिको स्वागतमा पुग्न नहुने प्रोटोकल सम्बन्धी ज्ञान भएका जानकारहरु बताउँछन् । 

जबकी उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत समेत सीलाई स्वागत गर्न भीभीआईपी लबिमा बसेका थिए । तर, उनी पदीय मर्यादाभन्दा माथी उठेर उक्त स्वागतका लागि पुगेकी थिईन् ।

उषाकिरण पछिल्लोपटक राजनीतिमा सक्रिय बन्दै आएको देखिन्छ । उनी मदन भण्डारी कलेजको सञ्चालक समितीकी अध्यक्ष समेत रहिसकेकी छन् ।