मुख्य समाचार

देशभरका सबै अदालत बन्द

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि २ साता बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च सर्वोच्च अदालत उच्च स्रोतले जानकारी दिएको छ । पुरा पढौ

राष्ट्रिय सभाको बैठक स्थगित

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभाको बैठक अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको छ। सरकारले २५ जनाभन्दा बढी मानिस सहभागी हुने कुनै पनि बैठक, भेला आदि गर्न रोक लगाएको दुइै दिनपछि सो सभाका बैठक स्थगित गर्ने निर्णय गरिएको हो। कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिएका छन् । पुरा पढौ

बाँस्कोटाको घरमा विस्फोट गराएको आरोपमा थप ३ पक्राउ

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिएका छन् । गत फागुन २८ गते विस्फोट भएको थियो । सो दिन विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले नेत्रविक्रम… पुरा पढौ

अत्यावश्यक अवस्था नभई अस्पताल नजान आग्रह

नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजान सर्वसाधारणलाई अनुरोध गरेको छ। विश्वभर कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि काउन्सिलले अस्पताल, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई थप सचेत हुन अनुरोध गरेको हो। काउन्सिलले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई ८ बुँदे निर्देशन दिएको छ। सर्वसाधरणलाई भने संक्रमणबाट जोगिने ४ बुँदे अनुरोध जारी गरेको छ। काउन्सिलले सर्वसाधारणलाई अत्यावश्यक अवस्था बाहेक अस्पताल नजान आग्रह गर्दै सामान्य रुघाखोकी लागेमा घरमै बसी उपचार गर्न समेत भनेको छ। सर्वसाधारणका हितका… पुरा पढौ

‘संकटमा पनि कालोबजारी गर्नेलाई कडा कारवाही’

पोखरा महानगरपालिकाले कालोबजारी गर्ने ब्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहिबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको महानगर बजार अनुगमन समितिको बैठकले कोरोनालाई कारण बनाउदै कृत्रिम अभाव सृजना गरी मुल्यबृद्धि गर्ने ब्यापारीलाई कारबाही गर्ने चेतावनी दिएको हो । ‘दैनिक उपभोग्य सामाग्रीहरु निरन्तर ढवानी भैरहे पनि ब्यवसायीले लुकाएका कारण असहज भएको भन्ने गुनासो आएको छ,’ उपप्रमुख गुरुङले भनिन्, ‘संकटको बेला त्यसलाई मौकाका रुपमा उपयोग गर्न खोज्ने र दैनिक उपभोग्य… पुरा पढौ

कास्की अदालतका से्रस्तेदार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीलाई ३० हजार रुपैयाँ घुससहित बुधबार राति पक्रेको छ। पोखरा महानगरपालिका ५ पर्स्याङको १ मदिरा पसलबाट उनी उनी पक्राउ परेका हुन्। मुद्दाका एक पक्षसँग घुस लिइसकेपछि उनी पक्राउ परेको अख्तियारको पोखरास्थित कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले बताए । संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै उपसचिवसमेत रहेका पराजुलीले घुस मागेका थिए। सुरुमा पराजुलीले ५० हजार रुपैयाँ घुस… पुरा पढौ

कोरोना आशंका गरिएका युवाले गरे आत्महत्या

भारतमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेका छन् । संक्रमणको आशंकापछि भारतको राजधानी दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले आत्महत्या गरेका छन् । परिचय खुलाइएका ती युवाले कोरोना भएको भन्ने तनावले यस्तो कदम चालेको अनुमान छ । ती युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए । स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरी आइसोलेसन वार्डमा राखिएको थियो । उनको रगतको नमुनाको रिपोर्ट… पुरा पढौ

फिल्म हलदेखि जिमसम्म बन्द गर्ने सरकारको निर्णय

कोरोना भाइरस (कोभिड १९)को रोकथाम र नियन्त्रणका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय गरेको हो । सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई… पुरा पढौ

सानोभर्‍याङबाट १० लाख थान मास्कसहित एक पक्राउ

काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित एक जना पक्राउ परेका छन्।प्रहरीले सानोभर्‍याङबाट युवराज न्यौपानेलाई पक्राउ गरेको हो। कालोबजारीविरुद्धको अपरेसन सञ्‍चालन गर्दै आएको महानगरीय अपराध महाशाखाको टोलीले बुधबार लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको मास्क बरामद गरेको हो । यसअघि पनि प्रहरीले काठमाडौंको कपन र सतुंगलबाट करिब १० लाखभन्दा बढी मास्क बरामद गरेको थियो । कोरोना भइरसको संक्रमण विश्वभरी फैलीरहदा सबै सर्वसाधारणले माक्स प्रयोग गर्न थालेपछि पाँच रुपैयाँले विक्रीवितरण हुँदै आएको माक्स… पुरा पढौ

बद्रीनाथले भर्ती गरे ३ कर्मचारी, बदर गर्न कर्मचारी संघको माग

पोखरा महानगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ अधिकारीले एकलौटी ढंगले कर्मचारी नियुक्ति गरेको भन्दै तत्काल बदर गर्न स्थानिय तह कर्मचारी संघ पोखरा महानगरपालिका इकाई समितिले माग गरेको छ । गत माघ २६ गते पोखरा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर १ महिना ३ दिनमा सरुवा भएका अधिकारीले सहायक स्तर पदमा ३ जना कर्मचारी नियुक्ति गरेको भन्दै समितिले बदर गर्न माग गरेको हो । इकाईका अध्यक्ष शिवप्रसाद बराले जारी गरेको विज्ञप्तिमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं