कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभाको बैठक अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको छ।
सरकारले २५ जनाभन्दा बढी मानिस सहभागी हुने कुनै पनि बैठक, भेला आदि गर्न रोक लगाएको दुइै दिनपछि सो सभाका बैठक स्थगित गर्ने निर्णय गरिएको हो।
कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिएका छन् ।






