सानोभर्‍याङबाट १० लाख थान मास्कसहित एक पक्राउ

काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित एक जना पक्राउ परेका छन्।प्रहरीले सानोभर्‍याङबाट युवराज न्यौपानेलाई पक्राउ गरेको हो।

कालोबजारीविरुद्धको अपरेसन सञ्‍चालन गर्दै आएको महानगरीय अपराध महाशाखाको टोलीले बुधबार लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको मास्क बरामद गरेको हो ।

यसअघि पनि प्रहरीले काठमाडौंको कपन र सतुंगलबाट करिब १० लाखभन्दा बढी मास्क बरामद गरेको थियो ।

कोरोना भइरसको संक्रमण विश्वभरी फैलीरहदा सबै सर्वसाधारणले माक्स प्रयोग गर्न थालेपछि पाँच रुपैयाँले विक्रीवितरण हुँदै आएको माक्स ५० रुपैयाँ प्रतिगोटामा विक्रीवितरण गरेर कालोबजारी हुँदै आएको छ ।