भारतमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेका छन् ।
संक्रमणको आशंकापछि भारतको राजधानी दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले आत्महत्या गरेका छन् ।
परिचय खुलाइएका ती युवाले कोरोना भएको भन्ने तनावले यस्तो कदम चालेको अनुमान छ । ती युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए । स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरी आइसोलेसन वार्डमा राखिएको थियो । उनको रगतको नमुनाको रिपोर्ट आउन बाँकी छ ।




