मुख्य समाचार

सांसद मीना गुरुङको तलब, भत्ता सामाजिक काममा

गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले आम जनप्रतिनिधिभन्दा फरक तवरले काम गरेकी छन् । नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी उनले आफूले पाएको तलब, भत्ता सामाजिक काममा खर्चेकी छन् । प्रदेश सांसद गुरुङले आफू सांसद भएर आएपछिको पछिल्लो ४ वर्षमा करिब ११ लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको सार्वजनिक गरिन् । ‘मैले मेरो तलब, भत्ता सामाजिक कार्यमा खर्च गरेकी छु,’ उनले भनिन् । उनले संस्कार, संस्कृति संरक्षण, महिला, बालबालिका, बेटी बचाऔं… पुरा पढौ

अडान कास्कीमा कमलको नेतृत्वमा नयाँ समिति

नेपाल अडिटर्स एसोसिएसन (अडान) कास्कीको अध्यक्षमा कमलबहादुर रेग्मी निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको छैटौं अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चुनेको हो । समितिको उपाध्यक्षमा केशवराज ढकाल, सचिवमा गुणानिधि पाण्डे, सहसचिवमा कृष्णप्रसाद ढुंगाना र कोषाध्यक्षमा मधुमान कतिला निर्वाचित भए । सदस्यमा नारायणप्रसाद द्वा, अर्जुनप्रसाद पौडेल, तेजेन्द्र खनाल, झलकनाथ पौडेल, गोपाल तिमिल्सिना, अमरबहादुर थापा, भगवान अधिकारी, लीलबहादुर थापा निर्वाचित भएका छन् । कार्यक्रममा अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले संस्थालाई अग्रगतिमा लैजानका… पुरा पढौ

संयुक्त घोषणापत्रसहित गण्डकीमा तालमेल गर्ने सत्तारुढ दलको निर्णय

सत्तारुढ दलले गण्डकी प्रदेशमा स्थानीय चुनावमा तालमेल गर्ने भएका छन् । केन्द्रमा गठबन्धनले तालमेल गर्ने निर्णय गरेपछि गण्डकी प्रदेशमा पनि यसको तयारी गरिएको हो । शुक्रबार नेपाली कांग्रेस गण्डकीको कार्यालयम भएको ५ दलका प्रदेश तथा जिल्ला तहका नेताको बैठकले आसन्न स्थानिय तह निर्वाचनमा मिलेर जाने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले जानकारी दिए । बैठकले प्रदेश स्तरमा तालमेल गर्दै संयुक्त घोषणापत्र जारी गर्ने निर्णय गरेको छ ।… पुरा पढौ

बिखर्चीले माफी माग्दै च्याते ‘लमजुङ र पृथ्वीसुब्बा’ पुस्तक

बैठकमा सांकेतिक रुपमा आफ्नो पुस्तक च्यातेर नष्ट गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले माफी माग्दै आफ्नै पुस्तक नष्ट गरेका छन् । बिखर्चीले २०७८ कात्तिकमा प्रकाशन गरेको ‘लमजुङ र पृथ्वीसुब्बा’ नामक पुस्तकमा गुरुङ जातिको गलत इतिहास लेखिएको गुरुङ संघ, संस्थाको दाबी छ । पुस्तकमा बिखर्चीले गुरुङभित्र विभेद रहेको उल्लेख गरेका थिए ।अधिवक्ता मीन गुरुङले सामाजिक सञ्जालमा पुस्तक राख्दै त्यसको आलोचना गरेका… पुरा पढौ

एमसीसी पक्षधरलाई लखेट्छौं: विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा एमसीसी लागू हुन नसक्ने दाबी गरेका छन् । विहीबार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको राष्ट्रिय भेलामा उनले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका विरुद्ध मोर्चा खोल्नुपर्नेमा जोड दिए । नेपालमा साम्राज्यवादको हस्तक्षेप रोक्नुपर्ने विप्लवले बताए । नेपाल र नेपाली गरिब भएर समस्या नआएको भन्दै नेपालको दलाल पुँजीवादी सत्ताका कारण समस्या पैदा भएको उनको टिप्पणी… पुरा पढौ

फेवाको मापदण्ड घट्यो, अरु तालको पनि मापदण्ड तोकियो

पोखरा महानगरपालिकाले नगरभित्रका सबै तालको मापदण्ड तय गरेको छ। बुधबार बसेको कार्यपालिका बैठकले कास्कीका ९ वटै तालको मापदण्ड तोकेको हो । फेवातालको मापदण्ड ३० मिटरमा झारिएको छ । यसअघि फेवाको मापदण्ड ६५ मिटर थियो । जनप्रतिनिधिको कार्यकालको अन्तिम समयमा मापदण्ड तोर्किएको हो । फेवाको मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । कार्यपालिका बैठकले बेगनास र रुपातालको मापण्दड ५५ मिटरमा झारेको… पुरा पढौ

राजनीति सेवा हो, पेसा होइनः मन्त्री थापा

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गरेका छन् । विसं २०७७ माघ देखि विसं २०७८ फागुन मसान्तसम्म उनले बैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधाबापत सरकारबाट प्राप्त भएको रु १३ लाख ६६ हजार ३६० मा थप गरी कूल रु १४ लाख ८६ हजार ९०७ सामाजिक कार्य र विकास निर्माणमा खर्च गरेको जानकारी दिए । नेपाल प्रेस युनियन कास्की… पुरा पढौ

तीर्थ गुरुङलाई गौरी तमू लेखनवृत्ति पुरस्कार

यस वर्षको ‘गौरी तमू लेखनवृत्ति पुरस्कार आख्यानकार तीर्थ गुरुङलाई प्रदान गरिने भएको छ । कास्कीको मादी गाउँपालिका १, सिक्लेस घर भएका गुरुङलाई मञ्चको ५ औं स्थापना दिवसको दिन चैत २१ गते पोखरामा आयोजना गरिने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने भएको हो । पुरस्कारको राशी ३५ हजार ५ सय ५५ रुपैयाँ छ । यस पुरस्कारका लागि मञ्चका अध्यक्ष गौरी तमूले ४ वर्ष अगाडि ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष… पुरा पढौ

गौरीशंकर क्याम्पस प्रमुखमा कृष्ण पौडेल

गौरीशंकर क्याम्पस हेमजाको क्याम्पस प्रमुखमा कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिले ४ वर्षीय कार्यकालका लागि पौडेललाई नियुक्त गरेको हो । समितिको बैठकबाट सहायक क्याम्पस प्रमुखमा दीपक त्रिपाठीलाई नियुक्त गरेको छ । पौडेलले २०५५ बाट गौरीशंकरमा प्राध्यापन थालेका थिए । लामो समय पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन गरेका पौडेल सामाजिक, साहित्य संघ, संस्थाहरुमा समेत क्रियाशील छन् । उनी गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत हुन् । भौतिक पूर्वाधार र शैक्षिक गतिविधि… पुरा पढौ

पोखरा महानगरको न्यायिक सम्मेलन कांग्रेसले बहिष्कार गर्ने

नेपाली कांग्रेसले पोखरा महानगरले आयोजना गर्न लागेको न्यायिक सम्मेलन बहिष्कार गर्ने भएको छ । आइतबार विज्ञप्ति निकालेर पोखरा महानगरमा कांग्रेसका सचेतक रामराज लामिछानेले यस्तो जनाएका हुन् । चैत्र १४ गते सोमबारलाई तय भएको राष्ट्रिय स्तरको न्यायिक सम्मेलनप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘उक्त न्यायिक सम्मेलन स्थानीय तहको चुनाव घोषणा भइसकेको अवस्थामा एकलौटी रुपमा प्रचारमुखी भएको हाम्रो ठहर छ ।’ सम्मेलनमा सम्माननीय राष्ट्रपति जस्तो मर्यादित संस्थालाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं