सत्तारुढ दलले गण्डकी प्रदेशमा स्थानीय चुनावमा तालमेल गर्ने भएका छन् । केन्द्रमा गठबन्धनले तालमेल गर्ने निर्णय गरेपछि गण्डकी प्रदेशमा पनि यसको तयारी गरिएको हो ।
शुक्रबार नेपाली कांग्रेस गण्डकीको कार्यालयम भएको ५ दलका प्रदेश तथा जिल्ला तहका नेताको बैठकले आसन्न स्थानिय तह निर्वाचनमा मिलेर जाने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले जानकारी दिए ।
बैठकले प्रदेश स्तरमा तालमेल गर्दै संयुक्त घोषणापत्र जारी गर्ने निर्णय गरेको छ । गठबन्धनका दलबीच सौहार्दपूर्ण वातावरण तयार गरी कार्ययोजना र कार्यदिशा बनाइने भएको छ ।
ठबन्धनका गण्डकी प्रदेश भित्र दलहरुले आगामी आ–आफ्नो संगठनको वर्तमान सांगठनिक अवस्थाको यथार्थ विवरण मातहतका संगठनबाट संकलन गरी विस्तृत विवरण आगामी बैठकमा पेश गर्ने निर्णय भएको कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए ।
गठबन्धनको बैठक आगामी चैत २२ गते पुन बस्ने जनाइएको छ ।बैठकमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ (कुशुम), नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेश अध्यक्ष मोती प्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल लगायत उपस्थित थिए ।




