पोखरा महानगरपालिकाले नगरभित्रका सबै तालको मापदण्ड तय गरेको छ।
बुधबार बसेको कार्यपालिका बैठकले कास्कीका ९ वटै तालको मापदण्ड तोकेको हो । फेवातालको मापदण्ड ३० मिटरमा झारिएको छ । यसअघि फेवाको मापदण्ड ६५ मिटर थियो ।
जनप्रतिनिधिको कार्यकालको अन्तिम समयमा मापदण्ड तोर्किएको हो ।
फेवाको मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो ।
कार्यपालिका बैठकले बेगनास र रुपातालको मापण्दड ५५ मिटरमा झारेको छ । अरु साना तालको मापदण्ड भने २० मिटर बनाइएको छ ।
बैठकले मापदण्ड भन्दा बाहिरका जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।




