गौरीशंकर क्याम्पस प्रमुखमा कृष्ण पौडेल

गौरीशंकर क्याम्पस हेमजाको क्याम्पस प्रमुखमा कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिले ४ वर्षीय कार्यकालका लागि पौडेललाई नियुक्त गरेको हो ।

समितिको बैठकबाट सहायक क्याम्पस प्रमुखमा दीपक त्रिपाठीलाई नियुक्त गरेको छ । पौडेलले २०५५ बाट गौरीशंकरमा प्राध्यापन थालेका थिए । लामो समय पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन गरेका पौडेल सामाजिक, साहित्य संघ, संस्थाहरुमा समेत क्रियाशील छन् । उनी गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत हुन् ।

भौतिक पूर्वाधार र शैक्षिक गतिविधि शैक्षिक उन्नयनका लागि आफूले पहल गर्ने उनले बताए । क्याम्पसमा शैक्षिक गुणस्तर वृद्धि गर्र्दै आन्तरिक र बाह्य स्रोत खोजेर पूर्वाधार र शैक्षिक क्रियाकलापलाई उकास्ने योजना उनले सुनाए । गौरीशंकरमा कक्षा ११ र १२ व्यवस्थापन, मानविकी र शिक्षाको पढाइ हुन्छ भने स्नातकमा शिक्षा र व्यवस्थापन संकायको पढाइ हुन्छ । यहाँ ३ सय विद्यार्थी छन् ।