अर्थ, वाणिज्य

विकास निर्माणमा सेना मूल ठेकेदार

 आइतबार अपराह्न मकवानपुरको सिस्नेरीस्थित सेनाको क्याम्पभन्दा करिब एक किलोमिटर दूरीको छालाटारस्थित अनकन्टार भिर खोल्न दुई स्काभेटर सक्रिय थिए ।  साइट इन्चार्ज यदुवंश अधिकारी स्काभेटरचालकलाई जोगिएर काम गर्न निर्देशन दिँदै थिए । पहाड फोर्नु जोखिमपूर्ण रहेको बताउँदै उनले सुनाए, ‘हामी मोतीदान कन्स्ट्रक्सनका कर्मचारी हौँ । गत वैशाखदेखि निरन्तर पहाड फोड्दै आएका छौँ । हामीमातहत मात्रै ४० भन्दा धेरै कामदार कार्यरत छन् । उनीहरूमध्ये कोही ड्रिलिङमा संलग्न छन्, कोही स्काभेटर चलाउँछन् ।… पुरा पढौ

यातायात व्यवसायीले आफूखुसी बढाएको ब्याज नतिर्ने

गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले बैंक तथा वित्तीय संस्थाले आफूखुसी बढाएको ब्याज नतिर्ने चेतावनी दिएका छन् । समितिले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा एकतर्फी ब्याज बढाएको र पटकपटक आग्रह गर्दापनि ब्याजदर नघटाएकाले बढेको ब्याज नतिर्ने चेतावनी दिएका हुन् । ब्याजदर बढ्दा समग्र यातायात क्षेत्र प्रभावित भएको बताउँदै गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराका अध्यक्ष केदार पौडेलले तत्काल… पुरा पढौ

गण्डकी विकास बैंक सैनामैनामा

गण्डकी विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५, बुद्धनगरमा शाखा खोलेको छ ।सैनामैना शाखाको सैनामैनामा मेयर चित्रबहादुर कार्कीले उद्घाटन गरे । कार्कीले बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने विश्वास व्यक्त गरे । बैंकका अध्यक्ष सुशील गौचनकोे अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी जीवन ज्ञवाली, सैनामैना नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्त र बैंकका प्रबन्धक मिलनकुमार पुनले… पुरा पढौ

ओम डेभलपमेन्टमा वित्तीय साक्षरता

पोखराको ओम डेभलपमेन्ट बैंकले मेरिट पोखराको सहकार्यमा पोखरा र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । वित्तीय साक्षरता कार्यक्रममा ताल बराही मावि, एसओएस र जुनियर सिटिजन्स ऐकेडेमीका गरी करिब १ सय ५० विद्यार्थी सहभागी थिए । मेरिट पोखराका सदस्यद्वय स्वीकृती अधिकारी र अनुषा बरालले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर अधिकारी, नेपाल राष्ट्र बैंक पोखराका मुख्य व्यवस्थापक पोमनाथ गौतम, बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र वित्तीय… पुरा पढौ

स्थानीय तहमा २९ हजार सहकारी हस्तान्तरण

सरकारले करीब २९ हजार सहकारी संस्था र त्यसको व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको विकासमा आवश्यक नीति, नियम निर्माणलगायत विषयमा सहयोग गर्ने स्थानीय तहमा सहकारीको गतिविधिलाई सक्रिय बनाउने नीति अवलम्बन गरेको छ । देशभर हाल ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था छन् । समाजमा छरिएर रहेको स–साना रकमलाई एकीकृत तथा बचत गर्न लगाई पूँजी निर्माण र… पुरा पढौ

गुट र राजनीतिले थला पर्दै पोउवासंघ

मंगलबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले ४ जना साधारण सदस्यलाई कार्यसमितिमा मनोनित गरेका छन् । अधिकारीले ऐनकुमार साई, रामबहादुर केसी, देवेन्द्र केसी र शिवराज आचार्यलाई मनोनित गरेका हुन् । अधिकारीको यो मनोनयनमा संघका १६ सदस्यले लिखित असहमति राखेका छन् । यसअघि उद्योग वाणिज्य संघ गण्डकीलाई पोखरा उद्योग वाणिज्य संघमा कार्यालयका लागि दिएको स्थानबाट हटाउन पत्रचार गर्न अध्यक्षको असहमतिका बाबजुद निर्णय भएको थियो । वर्तमान कार्यसमितिमा अध्यक्षबाहेक सबैजसो पदाधिकारी… पुरा पढौ

राडी बेच्न ओखलढुङ्गाबाट काठमाडौँ,वार्षिक रु १२ लाखसम्म कमाइ

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का कुमार गुरुङ राडी बेच्न पुसमा काठमाडौँ आए। चालीस राडी ल्याएर आएका गुरुङले पुरै बेच्न लागेका छन्। ललितपुरको मङ्गलबजारमा भेटिएका गुरुङ साथीकहाँ बस्दै आएका छन।  वर्षेनी गुरुङ वर्षायाममा घरमा बसेर राडी बनाउँछन्। हिउँदमा देशका विभिन्न शहरमा पुगेर बेच्ने गर्छन्। उनी मात्रै होइन, परिवारका अन्य सदस्यले समेत राडी बनाउने गर्छन्। राडी बेच्न भने उनी विभिन्न शहर नै धाउँछन्। “पन्ध्र/सोह्र वर्षको उमेरदेखि नै बुबाको पछि लागेर राडी बेच्न हिँड्न… पुरा पढौ

प्राइमको पहिलो एटिएम लेकसाइडमा

प्राइम बचत तथा ऋण सहकारीले पोखराको लेकसाइडमा एटिएम सञ्चालन गरेको छ । संस्थाका सल्लाहकार थमबहादुर गुरुङले मेसिनबाट रकम झिकी एटिएम उद्घाटन गरे । सहकारीमा युवा पुस्तको आकर्षण कम देखिएका बेला सहकारीलाई प्रविधिमैत्री बनाउन लागिपरेको अध्यक्ष निदेशप्रसाद कोइरालाले बताए । उनले प्रविधिमैत्री सहकारी भए युवाको आकर्षण थपिने विश्वास व्यक्त गरे । आगामी दिनमा पोखरा सहरका स्थानमा पनि एटिएम सञ्चालन गर्ने सोच रहेको व्यवस्थापक निरु थापाले बताइन् । पोखराको गैह्रापाटनमा आफ्नै भवनबाट… पुरा पढौ

केवलकारको डिपिआर नेपालमै बन्ने

केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अब नेपालमै हुने भएको छ । यसअघिसम्म केवलकारको विस्तृत परियोजना प्रतिवेदन लगायतका प्राविधिक काम लागि स्विटजरल्यान्ड, अस्टे«लिया, बेलायतमा मात्रै हुने गरेकोमा अब भने नेपालमै यसको सुविधा प्राप्त हुने भएको छ । पोखरामा कार्यालय रहेको आरकेडी रियल स्टेट एन्ड कन्ट्रक्सन कम्पनी लिमिटेडले केवलकारका लागि आवश्यक डिपीआर बनाउने गरी भारतको सिआरए कम्पनी र बेलायतको ब्रे को कम्पनीसँग सम्झौता गरेको छ । नेपालमा केवलकार यातायातको प्रचूर सम्भावना रहेका… पुरा पढौ

जोमसोम–कोरला’ ग्राभेल सडक चालु आर्थिक वर्षमा सम्पन्न हुने

उत्तर–दक्षिण जोड््ने व्यापारीकमार्ग बिस्तारित आयोजना अन्तर्गतको जोमसोम–कोरला ग्राभेल सडक बिस्तारकार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने जनाईएको छ ।प्रदेश नम्बर ४ कै आर्थिक समृद्धिको मुख्य ढोका बनेको बहुचर्चित कोरला राष्ट्रिय शाखा राजमार्गको दुरी जोमसोम देखि कोरला सम्म १ सय १० किलोमिटर छ ।त्यस्तै बेनी–जोमसोम सडकखण्ड ७४ किलोमिटर छ । दुईलेनको ग्राभेल सडक बिस्तार हुदै गरेको उक्त सडकको स्तरोन्नति २०७४ सालबाट सुरु गरिएको हो ।करिडोर सडकले यहा ९० प्रतिशत काम सम्पन्न भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं