प्राइमको पहिलो एटिएम लेकसाइडमा

प्राइम बचत तथा ऋण सहकारीले पोखराको लेकसाइडमा एटिएम सञ्चालन गरेको छ ।

संस्थाका सल्लाहकार थमबहादुर गुरुङले मेसिनबाट रकम झिकी एटिएम उद्घाटन गरे । सहकारीमा युवा पुस्तको आकर्षण कम देखिएका बेला सहकारीलाई प्रविधिमैत्री बनाउन लागिपरेको अध्यक्ष निदेशप्रसाद कोइरालाले बताए । उनले प्रविधिमैत्री सहकारी भए युवाको आकर्षण थपिने विश्वास व्यक्त गरे ।


आगामी दिनमा पोखरा सहरका स्थानमा पनि एटिएम सञ्चालन गर्ने सोच रहेको व्यवस्थापक निरु थापाले बताइन् । पोखराको गैह्रापाटनमा आफ्नै भवनबाट कारोबार गरिरहेको प्राइमले लेखनाथको बुढीबजारमा पनि आफ्नै भवनबाट सेवा केन्द्र सञ्चालन गरेको छ । पोखरा १ बगरमा पनि प्राइमको सेवा केन्द्र छ । सहकारीले एलोभेरा जुस, धूप र बाख्रा फार्म पनि सञ्चालन गरेको छ । चाडै नै आधुनिक गाई फार्म चलाउने सहकारीको योजना छ ।