ओम डेभलपमेन्टमा वित्तीय साक्षरता

पोखराको ओम डेभलपमेन्ट बैंकले मेरिट पोखराको सहकार्यमा पोखरा र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

वित्तीय साक्षरता कार्यक्रममा ताल बराही मावि, एसओएस र जुनियर सिटिजन्स ऐकेडेमीका गरी करिब १ सय ५० विद्यार्थी सहभागी थिए ।

मेरिट पोखराका सदस्यद्वय स्वीकृती अधिकारी र अनुषा बरालले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर अधिकारी, नेपाल राष्ट्र बैंक पोखराका मुख्य व्यवस्थापक पोमनाथ गौतम, बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र वित्तीय साक्षरतासम्बन्धी अन्तरर्राष्ट्रिय प्रशिक्षक प्रकाश कोइरालाले बोलेका थिए ।

सो अवसरमा बैंकबाट हुने कर्जा प्रवाह,नगदको सुरक्षा,बचत लगायत बिषयमा पनि विद्यर्थीलाई जानकारी दिइएको थियो । बैंकले खैरेनीटार मावि तनहुँका कक्षा ११ र १२ मा अध्ययनरतविद्यार्थीलाई पनि वित्तीय साक्षरता दिइएको थियो । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले वित्तीय क्षेत्रका बिबिध बिषयमा जानकारी दिएका थिए ।