अर्थ, वाणिज्य

ठूलाठालु मिल्दा विकास कमसल : जीवन

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य रामजीप्रसाद बराल जीवनले सराङकोटको स्याउले खेत खानेपानी लिफ्टिङ आयोजना शिलान्यास गरेका छन् । स्वचलित सिस्टममा बन्ने आयोजनाका लागि करिब २ करोड खर्च हुनेछ । उक्त योजना कास्कीकै पहिलो भएको प्राविधिक टोलीले दाबी गरेका छन् । शिलान्यास कार्यक्रममा सांसद बरालले निर्माणमा ठूलाठालु मिलेपछि आयोजना कमसल हुन गरेको आरोप लगाए । ‘काम सधैं गुणस्तर हुनुपर्छ, गुणस्तरमा कुनै सम्झौता नगर्नुस्,’ उनले भने । क्षणिक स्वार्थ हेरेर खर्च गर्ने परिपाटीले… पुरा पढौ

एनसेलले ३८ अर्ब कर नतिरी ७ अर्ब लाभांश लान नपाउने

सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करीब रु ३८ अर्ब कर तिर्नुपर्छ । सो कर नतिरेसम्म एनसेललाई करीब रु सात अर्ब लाभांश देश बाहिर लानसमेत रोक लगाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा… पुरा पढौ

सरकारले विदेशी बिस्कुट आयातमा प्रतिबन्ध लगाउने तयारीमा

नेपाल बिस्कुट उत्पादक सङ्घले स्वदेशी बिस्कुट उद्योगको संरक्षण गर्न माग गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ध्यानाकर्षण गराएको छ । केही वर्ष अगाडिसम्म नेपालमा रु सात अर्बको लगानीमा ३५ बिस्कुट उद्योग सञ्चालनमा थिए । अहिले विदेशी विस्कुटसित प्रतिस्पर्धा गर्न नसकेर आधाभन्दा बढी उद्योग बन्द भई १६ मात्र सञ्चालनमा रहेका सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष वसन्तकुमार चौधरीको नेतृत्वको टोलीले मन्त्री यादवसँग भेट गरी नेपाली बिस्कुट उद्योगको अवस्थाका बारेमा आफ्नो… पुरा पढौ

१० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक ७ अर्ब रुपैयाँ आम्दानी

चालु आर्थिक वर्ष २०७५/७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले पाँच महिनामा २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झारेको बताएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको बताए । उनले भने, ‘मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत चुहावट औसतमा २५.७८ प्रतिशत थियो त्यसपछि आर्थिक वर्ष २०७३/७४मा… पुरा पढौ

सहयोग लिएर मेरी बास्सै टिम पुग्यो बुद्धिमानको घर

नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुबै हात खुट्टा गुमाएका बुद्धिमान कुँवरको सहयोगार्थ १ लाख १६ हजार ९ सय ७० रुपैयाँ सहयोग गरेको छ । नागानो केन जापान परिवारले जापानमा रोजगारीको शिलशिलामा गएका नेपालीहरुबाट संकलित उक्त रकम बुद्धिमानलाई मंगलबार हस्तान्तरण गरिएको हो । संस्थाका संरक्षक पम खत्री, संस्थापक अध्यक्ष नन्दराज रेग्मी, संरक्षक सल्लाहकार रुद्र प्रसाद सिलवालको सक्रियतामा संकलित रकम मेरी बास्सैका कलाकारहरुले बुद्धिमानलाई हस्तान्तरण गरेका हुन् । मेरी… पुरा पढौ

पचभैयामा वन्यजन्तु उद्धारकेन्द्र स्थापना गर्ने सम्झौता

जुलोजिक पार्क र वन निर्देशनालय गण्डकी प्रदेशबीच मंगलबार सम्झौता भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत पोखरा ३१ स्थित पचभैयामा निर्माणधिन वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागि छुट्याइएको १ करोड ५० लाख बजेटका लागि सम्झौता भएको हो । निर्देशनालय गण्डकी प्रदेश प्रमुख प्रकाश लम्साल र पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलबीच सम्झौता पत्रमा हस्ताक्षर गरी वन्यजन्तु उद्धार केन्द्रका लागि काम सुरु गर्ने सहमति भएको… पुरा पढौ

सुन चाँदीको मुल्य झन् बढ्यो

आज मंगलबार सुनको मूल्य झन् बढेको छ।  हिजो २ सय रुपैयाँले उकालो लागेको सुनको मूल्यमा आज पनि सय रुपैयाँ बढेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको… पुरा पढौ

२ पूर्वमन्त्री विरुद्ध ३१ करोड भ्रष्टाचारको मुद्दा

भृकुटीमण्डपको ६० रोपनी जग्गा पूर्वमन्त्री टेकबहादुर गुरुङको फनपार्कलाई भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया उल्लंघन गरेको आरोपमा अख्तियारले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । बद्रीप्रसाद न्यौपाने, टेकबहादुर गुरुङ र रविन्द्रकुमार पूर्वमन्त्रीद्वय न्यौपाने र गुरुङसहित समाजकल्याण परिषदका तत्कालीन पदाधिकारी उपाध्यक्ष प्रमोद मेहता, सदस्य सचिव रविन्द्रकुमार, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन सदस्यत्रय हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमार लाल कर्णविरुद्ध मुद्दा दायर गरेको छ ।… पुरा पढौ

कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’

कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो ।  सो कार्यक्रमका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट खर्च गर्ने तयारी गरेको छ । मन्त्रालयका शिक्षा महाशाखा प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार तीन वर्षे स्नातक तहमा र प्रमाणपत्र तहमा व्यावसायिक तथा प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक १०० छात्रालाई… पुरा पढौ

६ महिनामै नेपाल बैंकको नाफा १ अर्ब ६६ करोड

नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ। गत आवको सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो। गत आवको छ महीनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १।४० प्रतिशत बढी नाफा कमाएको हो। बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सुधार मात्र देखिएको बैंकले प्रकाशित गरेको विवरणमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं