अर्थ, वाणिज्य

साताको पहिलो दिन महँगियो सुन

साताको पहिलो दिन आज आइतबार सुनको मूल्य ४ सयले बढेको छ । शुक्रबार ७४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्यप्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । पुरा पढौ

कास्की बचत तथा ऋण सहकारी संंघमा भेषराज

सहकारीहरुको छाता संगठन कास्की बचत तथा ऋण सहकारी संंघको अध्यक्षमा भेषराज बराल सर्वसम्मत भएका छन् । शनिबार भएको साधारणसभाले बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको हो । संघको १९ औं साधारणसभाबाट निवर्तमान अध्यक्षमा सुदीप ढकाल, उपाध्यक्ष श्रीकान्त ढुंगाना, सचिव ईश्वरीप्रसाद सुवेदी, सहसचिव मीनाकुमारी रानामाट, कोषाध्यक्ष शेरबहादुर कार्की र राष्ट्रिय प्रतिनिधि डिल्लीराम तिवारी चुनिए । सञ्चालकमा देवेन्द्र बास्तोला, मीनराज तिमिल्सिना, ईन्द्रकुमारी अधिकारी र राजकुमार दुलाल छन् । संघको लेखा तथा सुपरीवेक्षण… पुरा पढौ

पाम तेलको निर्यात ठप्प

आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम कोडसहितको पाम तेल आयातमा प्रतिबन्ध लगाउने नीति अख्तियार गरेपछि यसको निर्यात हुन सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार दुई दिनभित्र पाम तेल निर्यात भएको कुनै जानकारी मन्त्रालयलाई आएको छैन । नेपालमै उत्पादन नभए पनि मलेसिया र इन्डोनेसियाबाट कच्चा… पुरा पढौ

घट्यो सुनको मूल्य

साताको अन्तिम दिन सुनचाँदीको भाउ घटेको छ ।यस अघि ७६ हजार ५ सय पुगेको सुनको मुल्य दुई दिन यता निरन्तर घट्दै गएको छ । बिहिबार तोलाको ७५हजार ५ सय मा कारोबार भएको सुनको मुल्य तोलामा ९ सयले घटेर ७४ हजार ६ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले बताएको छ । तेजावी सुन प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।चाँदी पनि आज १५ रुपैयाले घटेर प्रतितोला ८… पुरा पढौ

३ किलो नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

तीन किलोग्राम नक्कली सुनसहित एक भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोंगबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिएका छन् । पक्राउ परेका गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताए । पुरा पढौ

पोखरामा कति छ प्याजको मूल्य ?

केही समय अघि २ सय ८० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ। भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको हो। पोखरामा भारतीय प्याज प्रतिकेजी १ सय ५० रुपैयाँ र थोक बजारमा १ सय ३० रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ। भारतीय भन्दा चिनियाँ प्याज झनै सस्तो छ। औसतमा १ सय २० रुपैयाँ चिनियाँ प्याजको मूल्य कायम भएको छ। यस्तै, थोक बजारमा चिनियाँ… पुरा पढौ

सुनको मूल्यमा सामान्य गिरावट

साताको बिहिबार सुनको मूल्य १ हजारले घटेको छ । बुधबार बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य कायम गरेको सुन बिहीबार प्रतितोला हजार रुपैयाँ घटेको हो । हिजो ७६ हजार ५ सय रुपैयामा कारोवार भइरहेको छापावाल सुन आज तोलामा १ हजारले घटेर ७५ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै हिजो ७६ हजार २ सयमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ७५ हजार २ सयमा… पुरा पढौ

आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले बिहीबार (पुस २४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०१ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ११ पैसा र बिक्रीदर १५० रुपैयाँ ९० पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर… पुरा पढौ

उकालो लाग्दै सुनको मूल्य

मंगलबार तोलामा ५०० ले घटेको सुनको मुल्य बुधबार फेरी वुद्धि भएको छ । हिजो ७५ हजार ५ सय रुपैयामा कारोवार भइरहेको छापावाल सुन आज एकै दिन तोलामा १ हजारले बढेर ७६ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै हिजो ७५ हजार २ सयमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ७६ हजार २ सयमा कारोवार भइरहेको छ । चाँदीको मूल्यमा पनि तोलामा २० रुपैंयाले… पुरा पढौ

१० करोड कारोबार गर्दै सकियो बागलुङ महोत्सव

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा चलेको छैठौ बागलुङ महोत्सव सोमबार सकिएको छ । प्रत्येक २ वर्षमा सञ्चालन हुदै आएको बागलुङ महोत्सव यस वर्ष पौष ११ देखि २१ गतेसम्म भएको थियो । बागलुङको कला, संस्कृति, पर्यटन र व्यापार व्यवसायलाई प्रवद्धर्न गर्नको लागि आयोजना गरिएको महोत्सवमा दश करोड बढीको कारोबार भएको संघले जनाएको छ । ‘महोत्सवभित्र १० करोड भन्दा बढीको कारोबार भएको छ,’ संघका महासचिव नरेश कँडेलले भने, ‘महोत्सवबाट कति मुनाफा भयो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं