साताको बिहिबार सुनको मूल्य १ हजारले घटेको छ ।
बुधबार बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य कायम गरेको सुन बिहीबार प्रतितोला हजार रुपैयाँ घटेको हो ।
हिजो ७६ हजार ५ सय रुपैयामा कारोवार भइरहेको छापावाल सुन आज तोलामा १ हजारले घटेर ७५ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै हिजो ७६ हजार २ सयमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ७५ हजार २ सयमा कारोवार भइरहेको छ ।
चाँदीको मूल्यमा पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला ९ सय मा कारोवार भइरहेको महासंघले बताएको छ ।




