अर्थ, वाणिज्य

७६ हजारको चेक किर्ते गरी २० लाख निकाल्ने पक्राउ

चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भोजपुरको षडानन्द गाउँपालिका-११ घरएका काठमाडौंस्थित ताहाचाल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यलय सचिव सन्तोष घिमिरेलाई हस्ताक्षर भइसकेको चेकमा अंक र अक्षर थप गरेर बैंकबाट रकम निकालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सिदार्थ बैंक कुलेश्वर शाखाबाट पुस ९ गते जारी भएको चेक नं। ००२१४२२५५३१८०१ मा ६७ हजार ९ सय १६ रुपैयाँलाई अंक र अक्षर दुवैमा… पुरा पढौ

सुनको मूल्यमा गिरावट

बुधबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । मंगलबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार ६ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आज तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । पुरा पढौ

कैलाश विकास बैंकद्धारा नेपाल रेडक्रस कास्की शाखालाई सहयोग

कैलाश विकास बैंकले सोमवार नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई विपद व्यवस्थापनका राहत सामाग्री त्रिपालहरु प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त त्रिपालहरु सहयोग गरेको हो । यसवाट आकस्मिक रुपमा विपदमा परेका समुदायलाई केहि मात्रामा भएपनि राहत हुने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका पदाधिकारीहरु तथा कैलाश विकास बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । १०२ शाखा र ४० वटा एटिएम… पुरा पढौ

आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले मंगलबार (माघ १४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ०० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा रहेको छ । युरो एकको खरिददर १२५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ १८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९७ पैसा रहेको छ ।मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४… पुरा पढौ

एनसेलका टावर निशानामा

नेपालकै ठूलो मोवाइल सेवा प्रदायक एनसेलका टावर दिनदिनै आगजनी भएका छन् । आइतबार रातिमात्रै ६ ठाउँमा एनसेलका टावरमा आगजनी भएको छ । अज्ञात समूहले आगजनी गरेको भनिए पनि आगजनीमा विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीले दाबी गर्ने गरेको छ । आइतबार खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका २ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । आगलागीबाट जेनेरेटर… पुरा पढौ

महँगियो सुन

सोमबार सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । आइतबार ७५ हजार ५ सयमा कारोबार सुन सोमबार ५सय रुपैँयाले बढेर ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । त्यस्तै , आज तेजावी सुन तोलाको ५७ हजार ७ सय रुपैंयामा कारोवार भइरहेको छ । चाँदीको भाउँ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ९ सय पुगेको महासंघले जनाएको छ । पुरा पढौ

सुनको मूल्यमा वृद्धि

नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी छ । बिहीबार तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलामा ७४ हजार ९०० मा कारोबार भएको छ । आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीवार प्रतितोला ८ सय ८५ रहेको चाँदी आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको… पुरा पढौ

डण्डी र सिमेन्टको मूल्य बढ्यो

पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि गरेको पाइएको छ । प्रायः सबै ब्रान्डका डण्डी र सिमेन्टले यो मूल्य बढाएका छन् । अन्तर्रा्ष्ट्रिय बजारमा फलामे कच्चा पदार्थ बिलेटको मूल्य बढेको भन्दै फलामे डन्डीको मूल्य पनि… पुरा पढौ

घट्यो सुनको मूल्य

बुधबार सुनको मूल्य सामान्य घटेको छ। आज सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको हो । मंगलबार प्रतितोला ७५ हजार ३०० मा कारोबार भएको छापावाला सुन अज बुधबार प्रतितोला रु ७४ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचादीँ महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७४ हजार ५०० रुपैयाँ कायम गरिएको छ। यस्तै, मंगलबार चाँदीको मूल्य तोलाको रु १५ ले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले… पुरा पढौ

जोगीचौर बहुउद्धेश्शीय कृषि सहकारीमा अमृत

कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकको जोगीचौरमा अवस्थित जोगीचौर बहुउद्धेश्शीय कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा अमृतप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । सोमबार संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी, सचिव बालकृष्ण अधिकारी, कोषाध्यक्ष तेजप्राद भण्डारी र सहसचिव सरस्वती अधिकारी छन् । त्यसैगरि सदस्यहरुमा दीननाथ अधिकारी, पुष्पराज अधिकारी, तेजप्रसाद पौडेल र खिमलाल पौडेल चयन भए । अधिवेशन तथा कार्यालय भवनको उद्घाटन गर्दै गण्डकी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं