कैलाश विकास बैंकद्धारा नेपाल रेडक्रस कास्की शाखालाई सहयोग

कैलाश विकास बैंकले सोमवार नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई विपद व्यवस्थापनका राहत सामाग्री त्रिपालहरु प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त त्रिपालहरु सहयोग गरेको हो । यसवाट आकस्मिक रुपमा विपदमा परेका समुदायलाई केहि मात्रामा भएपनि राहत हुने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका पदाधिकारीहरु तथा कैलाश विकास बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

१०२ शाखा र ४० वटा एटिएम मार्फत देशभरि वित्तिय सेवा विस्तार गरेको बैकको चुक्तापुँजी झण्डै तीन अर्वको हाराहारीमा पुगेको छ । यस बैंकले हाल सम्म रु.३४अर्व निक्षेप संकलन गरी रु.२९ अर्व कर्जा प्रवाह गरेको जनाएको छ । अव केहि दिनमै प्राईम कमर्सियल बैंक संग एकिकृत कारोवारको तयारीमा रहेको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।