आजको विदेशी मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आइतबार (माघ १९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५० रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०० पैसा र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः