महँगियो सुन

सोमबार सुनको भाउ ५ सय रुपैयाँले बढेको छ ।

आइतबार ७५ हजार ५ सयमा कारोबार सुन सोमबार ५सय रुपैँयाले बढेर ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

त्यस्तै , आज तेजावी सुन तोलाको ५७ हजार ७ सय रुपैंयामा कारोवार भइरहेको छ ।

चाँदीको भाउँ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ९ सय पुगेको महासंघले जनाएको छ ।