बुधबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।
मंगलबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार ६ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




