साताको पहिलो दिन महँगियो सुन

साताको पहिलो दिन आज आइतबार सुनको मूल्य ४ सयले बढेको छ ।

शुक्रबार ७४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्यप्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।