घट्यो सुनको मूल्य

साताको अन्तिम दिन सुनचाँदीको भाउ घटेको छ ।यस अघि ७६ हजार ५ सय पुगेको सुनको मुल्य दुई दिन यता निरन्तर घट्दै गएको छ ।

बिहिबार तोलाको ७५हजार ५ सय मा कारोबार भएको सुनको मुल्य तोलामा ९ सयले घटेर ७४ हजार ६ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले बताएको छ ।

तेजावी सुन प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।चाँदी पनि आज १५ रुपैयाले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।