सहकारीहरुको छाता संगठन कास्की बचत तथा ऋण सहकारी संंघको अध्यक्षमा भेषराज बराल सर्वसम्मत भएका छन् । शनिबार भएको साधारणसभाले बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको हो ।
संघको १९ औं साधारणसभाबाट निवर्तमान अध्यक्षमा सुदीप ढकाल, उपाध्यक्ष श्रीकान्त ढुंगाना, सचिव ईश्वरीप्रसाद सुवेदी, सहसचिव मीनाकुमारी रानामाट, कोषाध्यक्ष शेरबहादुर कार्की र राष्ट्रिय प्रतिनिधि डिल्लीराम तिवारी चुनिए । सञ्चालकमा देवेन्द्र बास्तोला, मीनराज तिमिल्सिना, ईन्द्रकुमारी अधिकारी र राजकुमार दुलाल छन् ।
संघको लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा तारानाथ पौडेल र सदसयमा कल्पना श्रेष्ठ र कृष्णप्रसाद पाण्डेय निर्वाचित भएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिसंग जोडिनुपर्ने विचार राखिन् । उनले सहकारीमा संकलन भएको रकम ऋणमा नभई उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन् ।
समाजका गरिवीको रेखामुनि रहेको वर्गलाई सहकारीको माध्येयबाट माथि उठाउन सहयोग गर्नुपर्नेमा जोड दिंदै उहाँले एक सहकारी एक उत्पादनलाई कार्यान्वयनमा ल्याउनु पर्ने आवश्यकता औल्याइन् ।
कार्यक्रममा नेप्mस्कुन सञ्चालक समितिका सदस्य कमला गिरी, उत्कृष्ट व्यवस्थापनतर्पm संगम बचत तथा ऋण सहकारी संस्थका अपिल कोइराला र जनसेवा वचत तथा ऋण सहकारी संस्थालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

साधारणसभाले संस्थाका अध्यक्ष सुदिप ढकालद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष नारायणप्रसाद आचार्यद्धारा आर्थिक प्रतिवेदन पारित गरेको थियो । संस्थामा हाल २ सय ७६ संस्था आवद्ध छन् ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी, नेप्mस्कुनका निवर्तमान सञ्चालक भीमबहादुर गुरुङ, संघका उपाध्यक्ष भेषराज बराल, सचिव दीपकप्रकाश आचार्य, कमला गिरी लगायतले बोलेका थिए ।




