दृष्टिकोण

सरकार भाषिक अपांग

सरकारी सेवामा रहेका अधिकृतहरूको भाषा योग्यता परिक्षा पनि लिन आवश्यक भैसक्यो । मनपरि लेख्छन् । एउटा चिट्ठी पनि भाषिक शुद्ध लेख्दैनन् । निर्देशिका र नीति दस्तावेज पनि अशुद्धिले भरिभराउ पाइन्छन् । लाजमर्दो भैसक्यो, नेपाली भाषाको दोहलो काढिदै गएको छ । यो मुलुकको सरकार संचालन भाषिक अपांग हुदै गएको छ । अंग्रेजीमा पारंगत हुनुपर्ने , हुँदाहुँदा परराष्ट्र कर्मचारी पनि अंग्रेजीमैं उत्तानोटांग लागेको देखिन थाल्यो, शब्दमात्र हैन स्पेलिंग पनि बिजोग पार्न थाले… पुरा पढौ

होमियोप्याथिक चिकित्सा र दीर्घरोग

विश्वका चिकित्सा प्रणालीमध्ये होमियोप्याथिक चिकित्सा प्रणाली पनि १ पद्दति हो । सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यानले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्दति संसारभर प्रचलनमा आएको हो । डा. हनिम्यानको जन्मजयन्ती १० अप्रिललाई विशेष उत्सवको रुपमा विश्व होमियोप्याथिक दिवस मनाइने गरिएको छ । विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्दति लाभदायक हुन्छ । होमियोप्याथिक उपचार जर्मनीबाट शुरु भई ब्रिटेन, फ्रान्स हुँदै भारतमा आएको थियो । त्यसपछि भारत हुँदै पाकिस्तान,… पुरा पढौ

ज्ञानमाला जागरणका लागि राष्ट्रिय समिति पोखरामा

भगवान बुद्धका शास्वत सन्देशलाई ज्ञानमाला भजनका माध्यमबाट जनजनमा पुर्याउन जागरण अभियानसहित नेपाल राष्ट्रिय ज्ञानमाला समिति पोखरामा आएको छ। उक्त समितिको सम्मानमा धर्मशीला बुद्धविहार नदीपुर पोखराले आइतवार समारोहसहित ज्ञानमाला भजन कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा राष्ट्रिय समिति र ज्ञानमाला पोखराले बुद्ध भजन प्रस्तुत गरेका थिए। समारोहलाई सम्वोधन गर्दै राष्ट्रिय समिति अध्यक्ष एवम् कलाकार रमना श्रेष्ठले २०५१ साल चैत्र १८ गते स्थापना भएको ज्ञानमाला समितिको यस वर्ष रजत वर्ष समेत भएकोले विविध… पुरा पढौ

७० वर्षीयाले पाइन् घरमै नागरिकता

शिवालय गाउँपालिका–४ की ७० वर्षीया देउमती बुढाले नातिको सहारामा लौरी टेक्दै गाउँपालिकाको प्रशासकीय केन्द्र एैरेलीबाट नागरिकता पाएकी छन् । जिन्दगीका सात दशक पुगेपछि नागरिकता पाएर उनले अब भोट हाल्ने चाहना पूरा भएको बताइन् । “भोट नै हाल्न नपाएर मरिन्छ कि जस्तो लागेको थियो, अब केही वर्ष बाँचे भने भोट र वृद्धभत्तासमेत पाउने भएँ”, उनले भनिन्, “स्थानीय सरकार गाउँमै गठन भएपछि मैले नागरिकता पाएँ, छोराछोरी सबैको नागरिकता थियो, मतदान गर्नेदेखि सबै… पुरा पढौ

अस्ट्रेलियाबाट फर्किएर ढिँडो मस्काउँदा दैनिक ३५ हजारको व्यापार

अहिले अष्ट्रेलिया जाने र जान चाहने युवाको लहर छ । पढ्नका लागि जाने भनिए पनि सबैको पहिलो लक्ष्य हुन्छ, गतिलो कमाइ गर्ने । तर, काम गर्न आँटियो र लजाइएन भने परिवारसँगै बसेर विदेशको भन्दा गतिलो नाम र दाम नेपालमै कमाउन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन्, भरतपुर चितवनका सुशील पण्डितले । भरतपुर १० घर भएका सुशील उमेरले ३५ बर्षका भए । ६ बर्ष भयो उनी अष्ट्रेलिया छाडेर स्वदेश फर्किएको ।… पुरा पढौ

विकासका लागि सपना र सङ्कल्प चाहिन्छ

बाल्यावस्था निन्द्रामा हुन्थ्यो । रोमाञ्चक र गतिशील बनाउनकालागि प्रकृति र समाजका अवयवहरुले एक कथाको रुप लिएको हुन्थ्यो र यसकै मद्दतले बाल्यकालको चिर निन्द्राले प्रगति र विकासको साधनको रुपमा भूमिका निभाइरहेको थियो। बाल्यकाल जति विकसित हुदैँ गयो, त्यति नै निन्द्रा घट्दै जान्थ्यो,वयस्क अवस्थामा निन्द्रालाई व्यवस्थापन गर्ने योजना बनाउनु पर्छ नै। वृद्ध अवस्थामा त निन्द्रा हरणको नै अवस्था सिर्जना हुनेछ। मानव सभ्यताको विकासआदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग, पूजीँवादी युगसम्म आइपुग्दा… पुरा पढौ

विदेशी दुतावासको दादागिरी कहिलेसम्म ?

नेपालका बिदेशस्थित राजदूताबासहरू राजनीतिक कार्यकर्तालाई रोजगारी दिन हो कि मुलुकको समृ्द्धि र बिकासका लागि हुन् ? तिनको मुल्यांकन गरेर काम नहुने, गर्न नसक्ने वा औचित्य नभएकाहरूलाई खारेज गर्दै खर्च कटौती तिर कहिले लाग्ने? कतिपय मुलुकले अबैतनिक राजदूत नियुक्त गरी वा एकजना मात्र व्यक्तिलाई राजदूताबास संचालन गर्न ती मुलुकमा एउटा कोठा भाडामा लिई राजदूत नियुक्त सबै काम उ स्वयंले नै गर्ने गरी खर्च कटौति गरिरहेका छन् । नेपालस्थित अधिकॉश युरोपका राजदूताबासहरू… पुरा पढौ

आज घोडेजात्रा उपत्यकामा के–के छन् कार्यक्रम ?

चैत्र कृष्ण औंसीका दिन शुक्रबार काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंशीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।साथै, सहरका कुनैपनि बालबालिकामाथि खतरा नहोस् भनी… पुरा पढौ

‘टिकटक’मा प्रतिबन्ध लगाउन आदेश

युवा पुस्तामाझ निकै चर्चित ‘टिकटक’मा प्रतिबन्ध लगाउन अदालतले आदेश दिएको छ । भारतको मद्रास उच्च अदालतले मनोरन्जन मोबाइल एप ‘टिकटक’ माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको हो । मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ । अदालतले टिकटकजस्ता मोबाइल एपमा… पुरा पढौ

भानुभक्तको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले पाचौँ क्षेत्रप्रताप अधिकारी स्मृति दिवसका अवसर पारेर यही चैत २९ र ३० गते भानु नगरपालिका–५ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गर्न लागेको हो । मञ्चका अध्यक्ष आकाश अधिकारीका अनुसार कवि सम्मेलनमा देश तथा विदेशबाट गरी ६० भन्दा बढी साहित्यकार सहभागी हुनेछन् । सम्मेलनमा नेपालका साथै भारत, बङ्गलादेश, भूटानबाट साहित्यकार आउने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं