ताजा समाचार

चैत्र २६ गते २०७५

सरकार भाषिक अपांग

सरकारी सेवामा रहेका अधिकृतहरूको भाषा योग्यता परिक्षा पनि लिन आवश्यक भैसक्यो । मनपरि लेख्छन् । एउटा चिट्ठी पनि भाषिक शुद्ध लेख्दैनन् । निर्देशिका र नीति दस्तावेज पनि अशुद्धिले भरिभराउ पाइन्छन् । लाजमर्दो भैसक्यो, नेपाली भाषाको दोहलो काढिदै गएको छ ।

यो मुलुकको सरकार संचालन भाषिक अपांग हुदै गएको छ । अंग्रेजीमा पारंगत हुनुपर्ने , हुँदाहुँदा परराष्ट्र कर्मचारी पनि अंग्रेजीमैं उत्तानोटांग लागेको देखिन थाल्यो, शब्दमात्र हैन स्पेलिंग पनि बिजोग पार्न थाले । सरकार! भाषा शुद्धतामा सुधार गर्न यसो गरिहाल्नुपर्यो ! सरकारी पत्र, नीति, निर्देशन, निर्देशिका, नियमावली, विनियमावलीमा भाषित त्रुटी गरेको, अशुद्ध लेखेको भनेर औल्याउने व्यक्तिलाई सरकारले पुरस्कार दिने व्यवस्था गरिहाल्नुपर्यो ।

गल्ति लेख्ने सम्बन्धित कार्यालयका प्रमूखको तलबभत्ताबाट सो पुरस्कार दिने रकम भराउने नियम वनाईहाल्नु पर्यो । आफ्ना सबै निकायमा सरकारी लेखन नेपाली भाषा शुद्ध कसरी लेख्ने निर्दशिका बनाएर लागू गर्न लगाउनु पर्यो! नेपाली भाषामाथि लगातार बलात्कार हुदै गएको छ । जुन देशको भाषा बलात्कृत हुन्छ त्यो मुलुकको पहिचान बिलुप्त हुन्छ ! नेपालमा भाषा साहित्य हेर्ने कुनै मन्त्रालय छ कि छैन हँ? कसै न कसैले यसमा हेर्न पर्यो, बेईज्जति महसुस हुन्छ जब सरकारका अंगहरूबाटै नेपाली भाषाको बेहाल भएको देख्न परिरहन्छ ।

पूर्वसचिव नेपाल सरकार