दृष्टिकोण

महेशलाई ‘ स्मृति साहित्य पुरस्कार’

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ युवा समालोचक, अनुवादक, कवि एवं आख्यानकार महेश पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पहिलो पटक पौडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सुदीश निरौला ट्रष्टका संस्थापक टेकमाया निरौलाका अनुसार पुरस्कारको राशि रु १५ हजार रहेको छ । पौडेलका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । टेकमायाका दिवङ्गत… पुरा पढौ

थारू संस्कृति जोगाउन खिचरा महोत्सव

भरतपुर थारू संस्कृति जगेर्ना गर्न चितवनमा खिचरा महोत्सव आयोजना गरिएको छ । थारू समुदायको महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको खिचरा महोत्सवको छैँटौ संस्करण यस वर्ष पनि हुन लागेको हो । यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा हुनलागेको महोत्सवको तयारी तीव्र पारिएको आयोजक थारू कल्याणकारिणीसभा क्षेत्र नं ७ खैरहनीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । यस वर्षको… पुरा पढौ

जन्डीस (पहेलो रोग ): हाम्रो बुझाइ, भ्रम र यथार्थ

जन्डीस भनेको के हो ? के   जन्डीस आफैमा कुनै रोग हो त ? जन्डीस भनेको शरीरमा पहेलो तत्व ( Billirubin )  बढेको अवस्था हो | भ्रम : यो आफैमा एउटा रोग हो | एकदमै मुख बार्नु पर्ने रोग | मुख राम्ररी बर्न नसके बल्झिरहंछ | येथार्थ : यो आफैमा एउटा रोग होइन |रगत को रोग र कलेजो को रोगले गर्दा बिशेष गरि जन्डिस देखा पर्दछ।  धेरै अवस्थामा योकलेजोको रोगको लक्षण… पुरा पढौ

मधेसकै कांग्रेस मधेसीलाई बिरानो

स्थापनाका हिसाबले राणा शासनमा नअटाएकाहरू नै कांग्रेसको सङ्गठनका मूल आधार हुन् । त्यसको पर्यायका रूपमा मधेश रह्यो । मधेश भनेको कांग्रेस र कांग्रेस भनेको मधेशजस्तो पनि थियो । किनभने क्रान्तिको सबै काम सीमापारिबाट हुने भएकाले त्यो स्वाभाविक पनि थियो । सङ्गठनमा तीन प्रकारका मान्छे थिए– सि क्लासका राणा, काठमाडौंबाट चार भन्ज्याङ कटाइएका र काठमाडौंको सत्ता–समीकरणमा नअटाएकाहरू । सुर्वणशमशेर, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद कोइरालासमेत सत्तासँग नजिक रहेको तर नअटाएको एउटा पंक्ति थियो… पुरा पढौ

दुई युवतीले गरे समलिङ्गी विवाह

 दुई महिलाले श्रीमानसँग सम्बन्धविच्छेद गरेर एक अर्कासँग विवाह गरेका छन् ।  भारत उत्तर प्रदेशको हमिरपुरका विगत सात वर्षदेखि प्रेममा रहेका यी महिलाले आफ्नो इच्छा विपरीत पुरुषसँग विवाह गरेका थिए । तर उनीहरुले एक–अर्कालाई बिर्सन सकेनन् ।यद्यपी, उनीहरुको विवाह रजिस्ट्रारले दर्ता भने गरेनन् । समलिङ्गी विवाहबारे कुनै कानून नभएकाले उनीहरुको विवाह दर्ता नगरिएको उनले बताएका छन् । २१ र २६ वर्षे यी दुईले डिसेम्बर २९ तारिखमा आफ्नो विवाहले कानूनी र सामाजिक… पुरा पढौ

अब बिवाह अनलाइनबाटै गर्न सकिने, कोमल ओलीले गरिन वेबसाइटको शुभारम्भ

के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ ? आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ। https://www.myswayambar.com/ नामक अनलाइन पोर्टलको प्रारम्भ भएपछि आमाबुबाको मागी बिहे प्रबन्ध कुर्नु नपर्ने भएको हो । राष्ट्रियसभाका सदस्य कोमल ओलीले उक्त पोर्टलको आज यहाँ शुभारम्भ गरेपछि संसारभरि छरिएर रहेका नेपालीले आवेदन भर्ने, आफूलाई चित्त बुझ्ने योग्यता भएका वरबधुको खोजी गर्न सक्ने… पुरा पढौ

जगमानलाई लक्ष्मी स्मृति पुरस्कार

यसपटकको लक्ष्मी स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई सम्मान गरिने भएको छ । प्राध्यापक तारा बराल संयोजकत्वको प्रतिभा छनोट समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिका सदस्यमा सहप्राध्यापक रामगोपाल ढेवाजु र पत्रकार रवीन्द्र बास्तोला सदस्य थिए । पुरस्कारको राशि नगद ३० हजार ५ सय ५५ सहित दोसल्ला र सम्मानपत्र छ । नेपाली भाषा, इतिहास, संस्कृति, पुरातत्व, ज्योतिष विज्ञानको उच्च अध्ययन र अध्यापनद्वारा पुर्‍याएको… पुरा पढौ

जाडो मौसम र दम रोग

दम एउटा पिडादायी रोग हो । के केटाकेटी के बुढाबुढी कसैलाई पनि ग्रसित पार्न सक्ने यो विरामीको सख्या दिन प्रतिदिन बढीरहेको छ । आधुनिक युगको उपचार पद्धतिको समयमा पनि रोगीको सख्या बढेर जानु पक्कै पनि राम्रो होइन । तर यर्थाथ यस्तै छ, रोगीको संख्या बढेको बढेकै छ । आखिर दम रोग के हो ? र कस्तो अवस्थामा लाग्छ त? र जाडो याममा किन यसले धेरै च्याप्छ । यस बारे चर्चा… पुरा पढौ

शुक्लागण्डकी महोत्सवको गजलमा खतिवडा प्रथम

प्रथम शुक्लागण्डकी महोत्सवमा शनिबार आयोजित खुला गजल प्रतियोगितामा गणेश खतिवडा प्रथम भएका छन् । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाइको आयोजनामा समावेश गरिएको सो प्रतियोगितामा श्रीराम अधिकारी द्वितीय, तारानाथ पराजुली तृतीय र हिमा पोखरेल सान्त्वना भए । प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदका साथमा प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा ३ दर्जन बढी गजलबाट उत्कृष्ट १० गजल छनोट गरी… पुरा पढौ

समीरको सांगीतिक यात्रा शिखरतिर

२०४५ साल असोज ५ गते बुवा डा. गोविन्द आचार्य र आमा शिला आचार्यको सन्तानका रुपमा दाङमा जन्मिएका समिर आचार्य नेपाली सांगीतिक क्षेत्रका स्थापित गायक हुन् । नेपाली लोक साहित्यमा पहिलो विद्याबारिधी गरेका डा. गोविन्द आचार्यका छोरा हुन् समिर आचार्य । सांगीतिक पृष्टभुमी बोकेको परिवारमा जन्मेका उनले कक्षा ९ मा पढ्दाताका नै गणेश सुबेदीको रचना र आफ्नै बुवा गोविन्द आचार्यको संगीतमा रहेको 'ओठमा लाली' बोलको गीत रेकर्ड गराएर औपचारिक संगीत यात्रा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं