कवि गोविन्दराज विनोदीको अभिनन्दन गरिने

जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालय गैडाकोट नवलपरासीले कवि गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गर्ने भएको छ ।

यहि पुष २८ गते गैडाकोट ५ को जनक माविको प्राङगणमा एक कार्यक्रमका विच विनोदीलाई नागरिक अभिनन्दन गर्न लागेको विहिबार पत्रकार सम्मेलन गरी जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान गैडाकोटका अध्यक्ष नारायणप्रसाद तिवारीले दिएका छन् ।

साहित्यकार विनोदीले साहित्यको क्षेत्रबाट नवलपरासी र चितवनमा मात्रै नभई समाज परिवर्तनका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै नागरिक अभिन्दन गर्न लागेको अध्यक्ष तिवारीले बताए ।

पुष २८ गते शनिबार विहान १० बजे साहित्यकार विनोदीको निवास गैडाकोट ८ बाट झाकी सहितको रथयात्रा सुरु भई विकुचोक, खेलकुद मैदान, आदर्श मार्गचोक हुदै जनक माविमा उनलाई भब्य समारोहका विच प्रमुख अतिथि प्राध्यापक डा. वासुदेव त्रिपाठी मार्फत अभिनन्दन गर्न लागेको हो ।

अभिन्दनका लागि देशका विशिष्ट साहित्यकारको उपस्थिति रहेने छ । २०६९ सालमा स्थापना भएको सो संस्थाले विभिन्न कार्यगर्दै आएको छ जसमध्ये दीर्घजिवि जेष्ठहरुको सम्मान, मातृसेवक पितृसेवक तथा समाजको उत्थानमा विशेष योगदान पुर्याउने ब्यतिरुहलाई सम्मान, जेष्ठ घरदैलो भेटघाट कार्यक्रम, अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस, जेष्ठ स्वास्थ्य परिक्षण, जेष्ठ स्मारिका २०७१ प्रकाशित र विमोचन कार्यक्रम गरीसकेको जनाएको छ ।

सोही सामाजिक कार्यक्रम अन्तर्गत कवि विनोदीको जन्मदिनको अवसर पारेर उनलाई सम्मान गर्न लागेको अध्यक्षको भनाई छ भने सोही दिन उनको जीवन र सृष्टि नामक ग्रन्थ समेत विमोचन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम सफल पार्न ६ वटा कमिटि गठन गरी कार्यक्रमको अन्तिम तयारी भैरहेको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हेमराज रानाभाटले समाज परिवर्तनका लागि विनोदीले पुर्‍याएको कार्यको प्रंशसा गर्दै कार्यक्रम सफल पार्न सञ्चार क्षेत्र र आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए यस्तै जनक माविका प्राचार्य चुणामणी शर्मा कँडेलले समाजसेवी साहित्यकार विनोदीलाई आफनो विधालयमा अभिनन्दन गर्न पाउँदा गर्वको महशुस भएको बताउदै सवैको सहभािगताको लागि आग्रह गराएका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल गैडाकोटका सदस्यहरु, समाजसेवी सन्चारकर्मीको सहभागिता रहेको थियो ।