ताजा समाचार

चैत्र २६ गते २०७५

होमियोप्याथिक चिकित्सा र दीर्घरोग

विश्वका चिकित्सा प्रणालीमध्ये होमियोप्याथिक चिकित्सा प्रणाली पनि १ पद्दति हो । सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यानले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्दति संसारभर प्रचलनमा आएको हो । डा. हनिम्यानको जन्मजयन्ती १० अप्रिललाई विशेष उत्सवको रुपमा विश्व होमियोप्याथिक दिवस मनाइने गरिएको छ ।

विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्दति लाभदायक हुन्छ । होमियोप्याथिक उपचार जर्मनीबाट शुरु भई ब्रिटेन, फ्रान्स हुँदै भारतमा आएको थियो । त्यसपछि भारत हुँदै पाकिस्तान, बङ्गलादेश, श्रीलका र नेपाल भित्रिएको हो । नेपालमा यो पद्दति राणाकालमै भित्रिए पनि सरकारी स्तरमा वि.स. २०१० मा मात्र सुरुआत भएको हो ।

होमियोप्याथिक उपचार पद्दति अनुसार छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको प्रभावकारी उपचार हो । होमियोप्याथिक चिकित्सामा आकस्मिक सेवाभन्दा पूरानो अर्थात दीर्घ रोगको उपचार हुने गर्छ ।

के हो होमियोप्याथी ?
होमियोप्याथी शब्द युनानि भाषाको २ शब्दहरू (Homois) यानि सदृश्य (similar) र पैथोज (pathos) अर्थात रोग (suffering) मिलेर बनेको हो । यसको अर्थ हो सदृश रोग चिकित्सा । जसअनुसार जुन औषधीय पदार्थ एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नले जुन प्रकारको रोगका लक्षणहरू उत्पन्न हुन्छ । उही औषधिले त्यस्तै प्रकारका लक्षण युक्त भएका रोगीलाई सुक्ष्म रुपमा सेवन गराउनले आरोग्य प्रदान गर्दछ ।

यस चिकित्सा विज्ञानको जन्मदाता डा. हैनिमैन एम.डी. (१७५५-१८४३) हुन् । सन १८०५ मा हैनिमैनले यस सिद्धान्तको खोज गरे र १८९० तिर यसलाई प्रतिपादित गरे । यो प्रकृतिक सिद्धान्त ‘समानताले समानताको उपचार’ मा आधारित छ । चिकित्सा विज्ञानको रुपमा आज संसारको प्रत्येक मुलुकमा पुगिसकेको छ । विश्व स्वास्थ्य सगंठन (डब्लुएचओ) को १ सर्वेक्षण अनुसार एलोप्याथी पछिको दोस्रो चिकित्सा पद्दति होमियोप्याथी हो ।

औषधिहरू कसरी बनाइन्छ ?
होमियोप्याथिक चिकित्सामा प्राय गरेर उहि औषधिहरूको प्रयोग गरिन्छ । जुन एलोप्याथी, आयुर्वेदिक तथा युनानी चिकित्सा प्रणाली अन्तर्गत प्रयोगमा ल्याईन्छ । फरक यति मात्र छ कि अन्य उपरोक्त चिकित्सा पद्दतिमा औषधिको प्रयोग स्थुलरुप (क्रुडफर्म) मा गरिन्छ भने होमियोप्याथीमा औषधिको प्रयोग अत्यन्त सुक्ष्मरुपमा गरिन्छ। यि चिकित्सा विधिहरूमा वनस्पति, खनिज पदार्थ, पशुहरू तथा रोगजन्य विषबाट तयार गरिएका औषधिहरू प्रयोगमा ल्याईन्छ । यसकारण मुलरुपमा हेर्ने हो भने यि सबै एकै हुन् ।

तर, औषधि निर्माणको प्रकृयामा भने फरक पर्न जान्छ । होमियोप्याथीमा प्रयोग हुने औषधिहरूको परीक्षण स्वस्थ ब्यक्तिहरूमा गरिएको हुन्छ । जनावर या रोगीहरूमा गरिएको हुँदैन । यसको औषधिको कुनै प्रकारको दुष्प्रभाव (साईड(ईफेक्ट) छैन ।

औषधिले कसरी काम गर्दछ ?
होमियोप्याथिक औषधिले हामीभित्र अवस्थित रहेको (डिफेन्समेकानिजम्) लाई एक्साईट गरी स्वउपचार प्रकृयालाई क्रियाशिल बनाई रोगबाट मुक्तिको पथमा लम्कन सहयोग गर्दछ । एकलऔषधिः होमियोप्याथीमा रोगीलाई उसको रोग निदान पश्चात १ समयमा एउटा मात्र औषधि दिने प्रावधान रहिआएकोछ । हैनिमैनले आफ्नो अनुभवको आधारमा १ पटकमा एउटा औषधि दिने विधान निश्चित गरेका थिए ।

तर, अहिले आएर यसमा पनि पर्याप्त परिवर्तन भईसकेको छ । होमियोप्याथिक चिकित्सकहरूमध्ये केहि त हैनिमैनले देखाएको बाटोमा हिंडिरहेका छन् भने केहिले आफ्नो स्वतन्त्र मार्ग निश्चित गरेका छन् । १ पटकमा आफ्ना रोगीलाई ५/७ वटा औषधिहरूको सेवन गर्न दिने पनि गरिन्छ । जुन होमियोप्याथिक को सिद्धान्त (भावना) विपरित हो ।

होमियोप्याथी चिकित्सा विज्ञानको आधारमा रोगीलाई उसको रोग निदान पश्चात दिइने औषधिको मात्रा अति न्यून हुनुपर्छ । ताकि औषधिको कुनै दुष्परिणाम नदेखियोस । होमियोप्याथि यस्तो ऊपचार पद्धति हो जसमा निकै कम औषधिको प्रयोग पश्चात शरीर भित्रै रहेको स्वउपचार प्रक्रियालाई क्रियाशिल बनाईन्छ र रोगबाट मुक्तिको प्रयास गरिन्छ। रोगीलाई कुनैप्रकारको शारीरिक एवं मानसिक कष्ट नदिईकन प्राकृतिक रुपले रोगबाट मुक्तगरी उसलाई स्वस्थ बनाउँछ ।

व्यक्तिपरक चिकित्सास् खास कुरो होमियोप्याथीमा रोगको नामले उपचार गरिंदैन । रोगबाट ग्रस्त ब्यक्तिको मानसिक एवं शारीरिक तथा भावनात्मक आदि सबै पक्षको उपचार गर्दछ । जस्तै : निमोनियाँका ५ जना रोगीहरूको होमियोप्याथीमा एऊटै औषधिले ऊपचार गरिदैन । समष्टिगत लक्षणको आधारमा यी ५ जना रोगिहरूलाई भिन्ना–भिन्नै औषधिहरूको व्यवस्था गरिन्छ । किनभने होमियोप्याथीको मुल सिद्धान्त ‘रोगीको उपचार गर रोगको होईन’ भन्ने हो । त्यसैले होमियोप्याथीमा कुनै रोगको नामको आधारमा भन्दापनि रोगीको समष्टिगत लक्षणको आधारमा नै औषधिको व्यवस्था हुन्छ ।

एलोप्याथीमा प्रत्येक रोगको केहि निश्चित औषधिहरू छन् । तर, होमियोप्याथिक चिकित्सा प्रणालीमा यस्तो छैन । लक्षण समष्टिगतको आधारमा उपयुक्त औषधिको छनौट गरी रोगीलाई दिईनाले मात्र रोगी ठिक हुन्छ नत्र हुँदैन । होमियोप्याथिक चिकित्सामा एकल औषधिको चयन गर्नु एउटा कठिन कार्य हो । किनभने यस चिकित्सा प्रणालीमा कुनै निश्चित रोगको पेटेन्ट औषधि हुँदैन नत सब्सिच्युट अर्थात एउटा औषधिको अभावमा अर्को औषधि दिने चलन नै छ । औषधि दिंदा रोगीको बिभिन्न पक्षहरूको अध्य्यन गरी एक पटकमा एउटा औषधिको छनौट गरिन्छ ।

होमियोप्याथी बारे भ्रमस् होमियोप्याथी औषधि सेवन गर्दा एलोप्याथी औषधिको व्यवहार गर्नुहुँदैन । यो कुरा बिल्कुलै गलत हो । यदि कुनै रोगी लामो समयदेखि एलोप्याथिक औषधिको नियमित सेवन गरिरहेका छन् । बिशेष गरेर दम, हाईब्लड प्रेसर, मधुमेह, छारेरोग, डिप्रेसन, थायराइडस्को औषधि दिइरहेका छन् भने त्यस्ता बिरामीले आफुले सेवन गर्दै गरेकोऔषधि तुरन्तै बन्द गर्नु हुँदैन ।

औषधि बन्द गर्नले रोगको लक्षण बढ्न सक्छ । राम्रो के हुन्छ भने, रोगमा सुधारको क्रम आरम्भ भएपछि विस्तारै एलोप्याथिक वा अन्य औषधिको सेवन आफ्नो चिकित्सकको सल्लाह अनुसार कम गर्दै जान सकिन्छ । एलोप्याथिक औषधि र होमियोप्याथिकको वीचमा १÷आधा घन्टाको फरक राखेर औषधिको सेवन गर्न सकिन्छ ।

होमियोप्याथिक औषधिहरू रोगीको लक्षणको सामान्ताको आधारमा दिईन्छ । औषधिको सेवन पश्चात पहिलो प्रभाव रोगीलाई उसको रोग बढेको अनुभव हुन सक्छ । तर, वास्तवमा यो होमियोप्याथीको (एग्राभेशन) हो । यस किसिमको रोग बृद्धि प्राय छालासम्बन्धि रोगहरूमा देखिन्छ । जुन उपचारात्मक प्रक्रियाको अंश हो । जो केहि समय पश्चात आफै साम्य भएर जान्छ । सबै किसिमको रोगमा भने होईन ।

होमियोप्याथिक औषधिहरू बाल, बृद्ध, युवा तथा गर्भवती महिला लगायत सबै उमेरका बिरामीका लागि सामान्यरुपले प्रभावकारी छ । केटा–केटीहरूलाई यदि सुरुबाट नै होमियोप्याथीमा उपचार गराइरहेको छभने उसको रोग त निको हुन्छ नै । साथमा उसको शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ । यसरी स्वस्थ्य पिंढीको विकाश तथा निर्माणमा समेत होमियोप्याथी चिकित्साले सहयोग पुर्याउछ ।

औषधिको ढिलो वा चाँडो प्रभाव रोगकोअवस्था र रोगीको स्थितिमा भर पर्दछ । के रोग एक्युट हो या दिर्घकालिन । एक्युट डिजिज हालसालै उत्पन्न हुन्छ । जस्तै रुघा लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु आदि । यि रोगहरू तिब्र गतिले बढ्द छन् । यदि समयमै सहि औषधि रोगीलाई दिईयो भने चाँडै नै परिणाम देखिन्छ ।

दीर्घकालिन रोग यस्ता रोगहरू हुन् जसको लामो ईतिहास हुन्छ । जस्तै, दम, ब्रोंकईटीस, छालाको रोग, अर्थराईटीस, आदि जो अन्य चिकित्साद्वारा निरन्तर दबाउने कार्य हुन्छ । यसप्रकारको क्रोनिक डिजिज ठीक हुनमा निश्चितरुपले केहि समय लाग्छ । यो रोगको जटिलता अवधि र लक्षण सप्रेशनको कारणले गर्दा हुने हो । उपचारमा बढी समय लाग्दछ, नकि होमियोप्याथिक औषधिको विस्तारै प्रभावको कारणले ।

रोगको निदान गर्नलाई प्याथोलोजिकल परिक्षण आवश्यक हुन्छ । होमियोप्याथीमा पनि रोगको उपेक्षा गरिंदैन । तर, प्याथोलोजिकल रिपोर्टको अध्य्यन सबै रोगको लागि आवश्यक पर्दैन । यदि रोगको अवस्था अनुसार आवश्यक पर्यो भने मात्र ल्याब टेष्ट गराईन्छ । यसबाट रोगीको समुचित ब्यवस्था मिलाउन, भाविफल (उचयनलयकष्क) थाहा पाउन र बिरामीको फल्लोअपमा पनि मद्दत गर्दछ ।

होमियोप्याथिकमा औषधिहरूको एउटै किसिमको आकार–प्रकार देखेर शिक्षित व्यक्तिहरू पनि भ्रममा पर्छन् कि कुनैपनि रोगको लागि एकै प्रकारको (सेतोदाना) औषधिको रुपमा सबै रोगीलाई दिइन्छ । तर, वास्तवमा दाना (ग्लोबुल्स) स्वयंमा कुनै औषधि होईन । रोगीको शरीरमा औषधि पुर्याउने एउटा माध्यम मात्र हो ।

होमियोप्याथीमा तयार भएका औषधिहरू (लिक्विड) डाईल्युशन सबै एकै नासको देखिन्छ । तर, यि औषधिहरूको काम भने अलग अलग हुन्छन् । भौतिकरुपमा समान देखिएता पनि त्यस औषधिको प्रभाव एकैनास हुन्छ भन्ने कुनै जरुरी छैन । जस्तै, बसपार्कमा देखिने सबै यात्रुबस एकैठाउँमा जादैनन् । सबैको आआफ्नो गन्तब्य स्थान र छुटने समय बेग्ला बेग्लै हुन्छ ।

लसुन, प्याज, चिया, कफी, पानको प्रयोग नगरौं !
यी सबकुरा गलत हुन् । यि चिजहरूको प्रयोगले औषधिको प्रभावकारितामा कुनै असर पार्दैन । होमियोप्याथिक औषधिले चिया, कफि, पान, खैनी, गुट्खा खाने आदत भएका रोगीहरूमा पनि उत्तिकै काम गर्दछ, जति धुम्रपान नगर्ने मानिसमा काम गर्दछ । तर, केम्फर (कपुर) पिपरमिन्ट तथा कालोकफिको प्रयोग भने उपचारको क्रममा गर्नुहुदैन । यसले होमियोप्याथिक औषधिहरूको प्रभावलाई मात्र होईन कि अन्य औषधिहरूको प्रभाव लाईसमेत नष्ट गरिदिन्छ ।

होमियोप्याथी एउटा अन्य रेगुलर मेडिकल कोर्ष जस्तै हो । यसमा पनि साढे पाँच वर्षको मेडिकल पढाई हुन्छ । जसमा १ बर्ष इन्टर्नशिप (ब्यवहारिक ज्ञान) अनिवार्यरुपले गराईन्छ । विश्वविद्यालयको निर्धारित पाठ्यक्रम अनुसार एनाटोमी, फिजियोलोजी, मेटेरियामेडिका, अर्गेनन्, रिपर्टरी, पेथोलोजी, जुरिसपुडेन्स, सर्जरी, प्राक्टिस अफ मेडिसन, स्त्रीरोग तथा प्रसुति विज्ञान, मनोविज्ञान, माईक्रोबाईलोजी आदि पढ्नु पर्ने हुन्छ ।

आईएस्सी (बायोलोजी) हुनुपर्छ । छिमेकी मुलुक भारतको कयौं विश्वविद्यालयमा ब्याचलर अफ होमियोप्याथी मेडिसिन एन्ड सर्जरी (डिग्री) कोर्षको पढाइ हुन्छ । यस बाहेक पोष्ट ग्रेजुयशन (एमडी) कोर्षको पनि पढाई हुन्छ । जसको अवधि ३ वर्षको हुन्छ । जो ईन्डियाको केहि युनिभर्सिटीहरूमात्र उपल्ब्ध छ ।
(लेखक डा. चापागाइँ पोखरा–१०, इन्द्रचोकस्थित पञ्चम आयुर्वेद क्लिनिक तथा आरोग्यधाम होमियोप्याथिक हस्पिटलका प्रवन्ध निर्देशक हुन् ।)