दृष्टिकोण

योगेश : ताप्लेजुङको साँघुदेखि सिंहदरबारसम्म

नव नियुक्त सँस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामु पद तथा गोपनियताको सपथ लिएका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए । भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । चुनाव प्रचारमा… पुरा पढौ

पाप कमाई, ३ पुस्ता गुमाई

नेपालमा प्रजातन्त्र ल्याउन जब म नेपालको कल्पना गर्दछु, मेरा अगाडि तिनै गरिब दाजु भाइहरुको तस्विर आउँछ, मैला लुगा लगाएको, खान नपाएको र रोगी अनुहारको तस्वीर । अनि मलाई लाग्छ ती रोगी खान नपाएकाहरुको हो हाम्रो देश । त्यसो हुनाले त्यही खान नपाएकाहरुको पेटमा अन्न जाओस्, हाँस्न नपाएका ओठमा हाँसो आओस्, रोगीले औषधि मुलो पाओस्, केटाकेटीले पढ्न पाउन भनेर नै हामी राजनीतिमा लागेका छौँ । मन्त्री हौला ठूला ठूला कुर्चीमा जाऊला… पुरा पढौ

फेसबुकमा रोइकराइ गर्नु जागरुक बन्नु होइन

परपीडन नेपाली समाजको बिशेष सामाजिक चरित्र बन्दै जानु दु:खद छ । नेपाली जनता सचेत हैनन् , ती पक्षधर छन् । जागरूकताको अभाव छ, जसका कारण जहिले पनि अरूको मात्र दोष देख्छन् । जागरूक नभए पछि जिम्मेवारी बोध गर्न सक्दैनन् र दु:खी जीवन निम्त्याई रहेका हुन्छन् । मलाई लाग्छ कुनै राजनीतिक दललाई समात्नु, दलको समर्थन गर्नु, कार्यकर्ता वा नेता बन्नु, दलमा लाग्नु वा आस्था अपनाउनु... यी कुनै नियोजित बौद्धिक तार्किक चुनाव… पुरा पढौ

अल्जाइमर (बिर्सिने रोग)का अप्ठ्यारा र उपचार

अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ। यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परिवर्तन गर्ने, बिसर्ने, संशय हुने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ। यो रोग विस्तारै बढ्दै जाने भएकाले पहिले यसको निदान हुँदैन, जसका कारण सुरुको अवस्थामा अधिकांश बिरामीले परीक्षण तथा उपचारको आवश्यकता महसुस गर्दैनन्। बुद्धि ह्रास हुँदै जाने भएकाले बिरामीले… पुरा पढौ

आफ्नैलागि वार्ता गर

विश्य कम्युनिष्ट आन्दोलनको एक हिस्सा नेपाल कम्युनिष्ट आन्दोलन हो । कम्युनिष्टआन्दोलनको मूख्य उदेस्य राज्यको संरचनगत ढाँचा जसले समाजको विभाजन गर्दै गरिब र धनिबीचको खाडल बिस्तार ग-यो त्यस संरचनालाई भत्काएर नयाँ योजनाबध्द संरचना कोर्ने हो । योजनाबध्द बिकास प्रक्रियाद्वारा आमजनताको आर्थिक सामाजिक रूपान्तरण गर्ने हो । कम्युनिष्ट आन्दोलनले वैज्ञानिक समाजवाद समाजिक न्यायसहितको प्रजातन्त्र स्थापना गर्ने हो । त्यसभित्र गाँस बाँस र कपासको सहज ब्यवस्थापन गर्ने हो । आधुनिक समयमा यी तीनमा… पुरा पढौ

हेपाटाइटिसबिरुद्ध खोप र उपचार सम्भव छ

आजभोलि धेरै मानिसलाई कलेजोमा समस्या देखिने गरेको छ । कलेजो फेल भएको जसलाई हामी मेडिकल टर्मिनोलोजीमा सिरोसिस अफ लिभर भन्छौं । यसको मुख्य कारण हाम्रो नेपाल जस्तो समाजमा चाहिँ रक्सी नै हो । लामो समयसम्म १० वर्ष वा बढी रक्सी प्रयोग गर्नेहरुलाई कलेजो रोग लाग्ने सम्भावना अधिक हुन्छ । कलेजो रोगका विभिन्न प्रकार र अवस्था छन् । नेपालमा सय जना कलेजोका बिरामी जाँच गर्ने हो भने ९० बढीको कारण चाहिँ… पुरा पढौ

डोनाल्ड ट्रम्पलाई भट्टराईकाे जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो आप्रवासीहरुप्रति लक्षित गर्दै गरेको ट्वीटको विरोध गर्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्रम्पलाई कडा जवाफ दिएका छन् । ट्रम्पले आप्रवासीविरुद्ध विवादित ट्वीट गरेका थिए । ट्रम्पले हिजो ट्वीटरमा लेखेका थिए ‘हामी समाजवादी वा कम्युनिष्ट देश कहिल्यै बन्ने छैनौं । यदि तिमी यहाँ खुसी छैनौ भने तिमी जान सक्छौ । यो तिम्रो रोजाइ हो र तिमी एक्लैको रोजाइ हो । यो अमेरिकाको लागि माया हो । सीमित… पुरा पढौ

नेपालमा भारतीय दुतावासको समानान्तर शासन !

लैनचौरस्थित भारतीय राजदूतावासले नेपालका ठूला मिडिया हाउस र भीभीआइपीहरूलाई रात्रिभोज दिएर प्रभावित बनाउन खोजेको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति लैनचौरस्थित राजदूतावासभित्र मदिरासहितको रात्रिभोज दिएका हुन् । रात्रिभोजमा सिंगलमार्ट ह्वीस्की, डबल ब्ल्याक लेबल, जंगली बँदेलको मासु, मीठाइसहितका परिकारले स्वागत गरिएको उच्च स्रोतले जनाएको छ । आईफा अवार्ड, भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी जाँचलगायतका विषयमा नेपाल–भारतबीच सम्बन्ध चिसिएका बेला राजदूत पुरीले नेपालका… पुरा पढौ

भाग्य त्यस्तो हैन पुन्टे कर्म त्यस्तो !

मुलुक दिन प्रतिदिन प्राविधिक तथा अनुसंधानको दखल खोज्दैछ । प्राविधिक कल्चर र क्षमताका दृष्टिले नेपालको अवस्था निम्नस्तरको रहेको छ । दिन प्रतिदिन प्राविधिक क्षमता, जनशक्ति, संस्थाहरूको अवस्था खस्किदै गएको छ र यसै कारणले नेपालको आय बढेपनि प्राविधिक क्षमता र सक्षमता तन्नम हुदै जाने देखिन्छ । प्राविधिक, बैज्ञानिक, अनुसंधान, कार्यान्वयन संस्थाहरू बढाउदै लैजानु पर्नेमा सामान्य प्रशासन, न्याय प्रशासन र अन्य सामाजिक आयोगहरू भरमार थप्दै, सेना-प्रहरीको संख्या बढाउदै गएर मुलुकको आयले नथाम्ने… पुरा पढौ

निर्णय गर्दा सरकार चुकेकै हो तर कसैसँग झुकेको होइन

विगतका सरकारले विषादी परिक्षण गरेर मात्रै तरकारीको आयात गर्नुपर्छ भन्ने सम्मपनी हेक्का पाएनन जसका कारण नाकामा विषादी परिक्षण गर्नका निम्ति आवश्यक पुर्वाधार नै थिएन । वर्तमान सरकारले नयाँ सोच सङ्गै जनताको स्वास्थ्यमा असर नपरोस भनेर काम सुरु त गर्यो तर उपकरण नहुँदा नाका अस्तव्यस्त बन्न पुग्यो । यसै कुरालाइ आधार बनाएर घोच्न मात्रै पल्केका तर सोच्ने फुर्सद नभएका हामिले भारतिय दबाबले गर्दा सरकार झुक्यो भन्दै सरकारलेनै विषादी खाए खा नखाए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं