दृष्टिकोण

सरकार र जनता नदीका २ किनारा !

अहिले बिज्ञान, प्रविधिमा निरन्तर क्रान्तिकारी ईनोभेशन हुदैछ र विद्यमान सिस्टमलाई डिसरप्ट गर्दै जादा मै हुँ भन्ने मानिसहरू पनि किंकर्तव्यविमूढ र ट्वॉ पर्दैछन् । विश्वभरि प्रविधिले समाजमा जबरजस्ति ल्याउने परिवर्तनसंग साथसाथै अगालो मारेर हिड्न नसक्ने नेता, मुलुक, राजनीति, कानुन, प्रशासन र व्यावसायको दिनप्रतिदिन बेहाल हुदै जादैछ। अहिले प्रविधि प्रमूख ड्राईभिङ फोर्स बनिसकेको छ। राजनीति संचालन, कानुन निर्माण र परिपालन, प्रशासनिक एवं व्यवसाय कुशल संचालनतर्फ ईनोभेशन नगर्ने मुलुकका जनता झन् झन् फँसादमा… पुरा पढौ

दशैंको आध्यात्मिक पाटो यस्तो छ

नेपालीहरूको लागि दशैं सामाजिक, पारिवारिक र आध्यात्मिकरूपले प्रमुख पर्व हो । सामाजिक सम्बन्ध, सुमधुरता, भातृत्व प्रेम, एक अर्कामा शुभेच्छा प्रदान गर्ने दृष्टिले र आफ्नो संस्कार एवं प्रचलनलाई जीवन्त राख्ने दृष्टिले पनि दसैँ आफैँमा महत्त्वपूर्ण अवसर हो । पारिवारिक जमघट, टाढा रहेका परिवारजनसँग पुनर्मिलन र परिवार प्रेम र आशिषसहितको पारिवारिक प्रेमले भरिपूर्ण पर्व हो दशैं । अझ गहिराइबाट हेर्दा आध्यात्मिक गहनतालाई उजागर गर्ने पर्व पनि हो दशैं । आध्यात्मिकतामा बाँच्नुको अर्थ… पुरा पढौ

अब ल्यान्डलाइन फोन राख्ने कि काट्ने ?

टेलिकमको फोरजी उद्घाटन भइरहँदा मलाई भने मेरो ल्यान्डलाइन टेलिफोनको डायलटोन र त्यसबाटै मैले चलाउँदै आएको एडीएसएल इन्टरनेट सेवाको सम्झना भयो । विगत दुई महिनादेखि टेलिफोन कार्यालय धाइरहेको छु । तर, बिग्रिएको फोन मर्मत गरिदिएका छैनन् । बारम्बार अनुरोध र आग्रह गर्दासमेत चासो लिएका छैनन् । समस्या आएलगत्तै विराटनगर कार्यालयमा गुनासो गरेको थिएँ । बिहीबार दोस्रो पटक १९८ डायल गरेर फेरि गुनासो दर्ता गराएँ । यसअघि पनि ‘भैहाल्छ’ भन्ने जबाफ आएको… पुरा पढौ

राजनीतिकर्मी ठेकेदार बने, ठेकेदार राजनीतिज्ञ

कर्मचारी खराब भन्दै विगतमा राजनीति भयो, कर्मचारीलाई पनि राजनीतिमा होमियो। पुलिसलाई राजनीतिकरण गरियो, राजनीतिलाई एनजिओकरण गरियो, एनजिओलाई राजनीतिक आर्थिक श्रोताधार बनाईयो । राजनीतिकर्मी ठेकेदार बने, ठेकेदार राजनीतिमा लागे । दलीय ट्रेड युनियनमार्फत मजदूर वर्ग राजनीतिकृत भए। पेशागत संगठन- प्राध्यापक, ईन्जिनियर, चिकित्सक, वकिल र पत्रकार सबै राजनीति गर्दै दलीय प्यानल बनाउदै चुनाव लडे, कोही संगठनमा, कोही सांसद मन्त्री राजनीतिक पदमा ।विद्यार्थी कालमा राजनीति गरेका वा पेशाबाट राजनीतिक पक्षपोषण गरेका राजनीतिमा सक्रियहरू… पुरा पढौ

नेपालमा सहकारी मर्ज कति उचित ?

नेपालमा सहकारीलाई अर्थतन्त्रको ३ खम्बामध्ये १ खम्बा मानिँदैै आएको छ । अर्थतन्त्रको खम्बा बलियो हुनका लागि सबै खम्बा उत्तिकै बलियो हुनु जरुरी छ । अर्थतन्त्रको १ खम्बा सहकारीलाई पनि बलियो बनाउनका लागि अहिले सहकारी मर्ज गर्नुपर्ने विषय चर्चामा छ । हाल देशमा झण्डै ३५ हजारको संख्या नजिक सहकारी संस्थाहरूछन् । तर यिनीहरूको जीडीपीमा योगदान पाँच प्रतिशत रहेको भनिदै आएको छ । यद्यपि यसबारे अध्ययन भएको ठोस आँकडा भने छैन ।… पुरा पढौ

कस्तो लोकतन्त्र, कस्तो प्रेस कानुन ?

विश्वभरि अडियो भिडियो र प्रिन्ट मिडिया पेपरलेस र अनलाईन हुदै गएका छन् । भिडीओ, अडियो, अनलाईन होस् कि प्रिन्ट, मिडिया भनेको उही नै हो-माध्यम र प्रविधि मात्र फरक हुन् । अनलाईन हुदैमा त्यसको पोष्ट साईबर क्राईम हुने भन्ने हुनै सक्दैन । मिडिया अनलाईन वा अन्य माध्यम जे भए पनि फौजदारी क्राईम हुदैन । देवानी प्रकृतिको कसुरमा फौजदारी आरोप लगाउन सकिने वर्तमान साईबर ऐन त्रुटीपूर्ण त हुदै हो, यसबारे सरोकारवाला र… पुरा पढौ

भातृसंगठन र लोकप्रिय एजेन्डा विहीन जागरण अभियान कस्तो होला ?

नेपाली काङ्ग्रेसको दोस्रो चरणको जागरण अभियान (भदौ २४-असोज ७) शुरुवात हुँदै गर्दा आज काङ्ग्रेस आम कार्यकर्ता माझ अपांग र अशक्तको रुपमा महशुस भएको छ,नेपाली काङ्ग्रेसका सभापति आदरणीय शेर बहादुर देउवा असक्षम भन्न खोजेको हुँदै होइन, हिजो जनताको अधिकार र न्यायको लडाइँ लड्दै गर्दा त्यो नबुझिने भएको बोली आजसम्म पनि बुझिदैन । तपाइका त्यस्तै किसिमका धेरै कर्महरुका कारणले गर्दा पार्टी गतिशील होला र बिधिवत ढंगले संचालन होला भन्ने पुर्ण विश्वासका साथ… पुरा पढौ

बहुचर्चित डेंगु : आयु बढीमा २१ दिन !

विगत वर्षहरूमा भन्दा यसवर्ष डेंगु रोगले यस सिजनमा निकै हल्लाखल्ला मच्चाउन सफल भएको छ । नेपालमा सन् २००६ मा पहिलोपटक देखा परेको यो रोग हालसम्म आइपुग्दा निकै महामारीको रुपमा देखा परेको छ । त्योभन्दा पनि यो रोगले पोखरा, चितवन, काठमाडौं, मकवानपुर, बुटवलजस्ता सहरमा बस्नेहरूको ज्यानसमेत लिइसकेको छ । अधिकांशरुपमा ठूलाबडामा देखा पर्ने यो रोग लगाउने लामखुट्टेका अचम्म खालका विशेषताहरू छन् । यो रोगसम्बन्धी धेरै कुराहरू भएता पनि सर्वसाधारणले यस रोगबाट… पुरा पढौ

खुला पत्र : देश किन बन्न सकेन प्रधानमन्त्रीज्यू !

प्रधानमन्त्रीज्यू ! हार्दिक नमन् । सर्वप्रथम स्वास्थ्य लाभको शुभकामना । हुन त हाम्रो शुभकामनाको कुनै अर्थ छैन होला तपाईंलाई । पार्टीभित्रकै वरिष्ठ नेताको शुभकामना त लिन चाहनु भएन भने हामी जस्ता सर्वसाधारणको के अर्थ रह्यो र । तैपनि मानवीय नाताले दिएको छु । लिने न लिने तपाईंको मर्जी । प्रधानमन्त्रीज्यू ! तपाईं देशलाई माया गर्ने मानिस । रातदिन देशकै चिन्ता गर्नुहुन्छ । बिरामी हुँदा पनि देशको चिन्ता छाड्नुभएको छैन ।… पुरा पढौ

त्यो अभागी घर

ओए दाइ, छिटो उठ्नुस कतिबेरसम्म सुतेको, घाम मुखमा परिसक्यो १ तल आउनु चिया पकाइदेको छु ममि मेलामा जानुभको छ १ जुरुक्क उठ्दै ह्या यो कालिले राम्रोसंग सुत्न नि दिन्ने, ल ल जा गिलासमा चिया हाल्दै गर म मुख धोएर आउंछु ।ू सायद यो सम्बाद बोल्ने भाग्य नभएकै ब्यक्ती हुं म, यसर्थमा कि भावनात्मक र अन्य माया गर्ने दिदि बहिनी त छन तर आफ्नै आमाको कोखबाट जन्मेकी छोरिको मेरो घरमा अभाव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं