ताजा समाचार

भाद्र २६ गते २०७६

कस्तो लोकतन्त्र, कस्तो प्रेस कानुन ?

विश्वभरि अडियो भिडियो र प्रिन्ट मिडिया पेपरलेस र अनलाईन हुदै गएका छन् । भिडीओ, अडियो, अनलाईन होस् कि प्रिन्ट, मिडिया भनेको उही नै हो-माध्यम र प्रविधि मात्र फरक हुन् । अनलाईन हुदैमा त्यसको पोष्ट साईबर क्राईम हुने भन्ने हुनै सक्दैन । मिडिया अनलाईन वा अन्य माध्यम जे भए पनि फौजदारी क्राईम हुदैन । देवानी प्रकृतिको कसुरमा फौजदारी आरोप लगाउन सकिने वर्तमान साईबर ऐन त्रुटीपूर्ण त हुदै हो, यसबारे सरोकारवाला र अन्य परम्परागत मिडियाहरू पनि सोसल मिजिया र अनलाईनको डाहले चुप लाग्दा, अहिलेको यो अनलाईनको जमानामा परम्परागत मिडिया पनि अनलाईन नभै धरै नपाउने हुदा, मार्केट र कमाई पनि अनलाईनकै बढी हुदै गइरहेको यो जमानामा आफै चंगुलमा फस्न पुगेका छन् ।

मिडिया जुनसुकै हुन्, चाहे परम्परागत चाहे अनलाईन, चाहे सोसल सबै उही हुन्। कसैलाई कुन कसैलाई कुन कानुन लाग्ने भन्ने होईन । कानुनको दुरूपयोग नहोस् भनेर सबै सचेष्ट हुनु भने पर्छ, नत्र मुलुकको फ्रेजाईल लोकतन्त्र नै सहिद हुन बेर लाग्दैन । साईबर ऐनमा रहेको मिडिया बारेको दफा खारेज गराउन मिडियाकर्मीहरू सर्वोच्च जानुपर्छ। लोकतन्त्र अरूले हैन सरकारी संयन्त्रको गलत प्रयोग र दुर्भावनाले नै श्मसानघाट पुग्छ, हेक्का रहोस् । यो मुलुकलाई लोकतन्त्र र प्रविधि बुझ्नै नसक्ने मुर्ख लठेब्रोहरूको देश बन्न नदिउ ।

साईबर स्पेस के हो ? नबुझ्ने गवॉर ल-मेकर वा सांसदहरूको चाला देख्दा वाकवाकी लाग्न थाल्छ । नेपालका पुलिस, प्रशासन, अदालतको त के कुरा गर्नु र, गरिसाध्य भयो पो! साईबर स्पेसमा लेख्दैमा फौजदारी अपराध हुन सक्दैन, हुन्छ भने जेमा लेख्दा पनि हुने हुन्छ । यो देवानी मुद्दा भने हुने हुन्छ।

मिडिया बारेको दफा खारेज गराउन मिडियाकर्मीहरू सर्वोच्च जानुपर्छ। लोकतन्त्र अरूले हैन सरकारी संयन्त्रको गलत प्रयोग र दुर्भावनाले नै श्मसानघाट पुग्छ, हेक्का रहोस् ।

ल मेकरको सन्दर्भमा, असल योग्य सक्षम र सिर्जनसिल व्यक्तिलाई मात्र हामीले भोट हाल्ने भएको भए सबै दलले असल मान्छेलाई दलमा भित्राएर उम्मेदवार बनाउन हानथाप गर्ने थिए । तर हामी त्यसो गर्दैनौं, जुन पायो उही नेता वा दललाई भोट हालेर लोकतन्त्रिक हकको (दुरू)उपयोग गरी आफ्नो खुट्टामा आफै बन्चरो हानिरहन्छौं। गाली भने तिनलाई नै गरिरहन्छौं जसलाई हामीले नै मत दिएर जिताएका हुन्छौं । त्यति मात्र हैन पुन: पुन: तिनलाई नै जिताउदै गर्छौं ! यो लोकतान्त्रिक संस्कारको बिडम्बनाको पराकाष्टा हो ! अर्को तर्फ मिडिया वा अन्यत्र प्रश्न गर्नेहरू मध्ये ९९ प्रतिशतले प्रश्न गर्न जानेकै हुदैनन् । प्रश्न गर्नु भनेको कुनै कुराको गहिराईमा खोज गर्नु वा ज्ञान हासिल गर्ने अभिलाषा हो । सही प्रश्न नै आधा समाधान हो ।

तर , अधिकॉश कथित प्रश्नकर्ताहरू जान्नका लागि हैन कि कमेन्ट गर्ने उद्देश्यले वा आफू जान्ने हुँ भनेर प्रदर्शन गर्न वा व्यक्तिलाई उल्याउनका निम्ति त्यसो गर्ने गर्छन्। तिनको मनमा बेईमानी लुकेको हुन्छ । कमेन्ट गर्नु छ भने कमेन्ट नै गर्नुपर्छ, प्रश्न हैन । त्यसैले, त्यस्ता प्रश्नकर्तालाई सोही बमोजिमको व्यवहार गर्नुपर्छ र सबक पनि सिकाउनुपर्छ ताकि उसले बुझोस्, उसले प्रश्न सोधेको हो कि कमेन्ट गरेको हो !

लेखक नेपाल सरकारका पूर्व सचिव हुन् ।