नेपालमा प्रजातन्त्र ल्याउन जब म नेपालको कल्पना गर्दछु, मेरा अगाडि तिनै गरिब दाजु भाइहरुको तस्विर आउँछ, मैला लुगा लगाएको, खान नपाएको र रोगी अनुहारको तस्वीर । अनि मलाई लाग्छ ती रोगी खान नपाएकाहरुको हो हाम्रो देश । त्यसो हुनाले त्यही खान नपाएकाहरुको पेटमा अन्न जाओस्, हाँस्न नपाएका ओठमा हाँसो आओस्, रोगीले औषधि मुलो पाओस्, केटाकेटीले पढ्न पाउन भनेर नै हामी राजनीतिमा लागेका छौँ ।
मन्त्री हौला ठूला ठूला कुर्चीमा जाऊला भनेर होइन । जननायक वीपी कोइरला यस आदर्श विचार बोकेर निरङ्कुश व्यवस्था र राजतन्त्रविरुद्ध क्रान्तिको नेतृत्व गर्दै दशेलाई प्रजातान्त्रिक युगमा प्रवेश गराउन वी.पी. लगायत कैयौं नेपाली नेताले जीवन भर संघर्ष गर्नुपर्यो ।
प्रजातन्त्र र समाजवादका मूल्य मान्यतालाई नेपाली समाजमा स्थापित गर्नका लागि जीवनभर संघर्षरत रहनुपर्यो । प्रजातन्त्रका लागि वी.पी., गणेशमान मात्र नभई कोइराला परिवार नै अग्रसर भएर लागिपर्यो । वी.पी. का पिता कृष्णप्रसाद कोइराला उदारवादी, समाज सुधारक हुनुका साथै आर्थिक रुपमा पनि सम्पन्न भएका हुनाले समाज सुधारका काममा लाग्दा जहाँनिया राणा शासनले उनको सम्पूर्ण सम्पत्ति जफल गरी सर्वस्वहरण गरिदियो । फलस्वरुप स–परिवार भारतमा निर्वासित भई आर्थिक अभावका साथै कठिन जीवन भोग्नु पर्यो ।
यसै गरी प्रजातान्त्रिक विचार धारा बोकेर हिंड्दा वी.पी. कोइरालाले हातमा हतकडी, खुट्टामा नेल र कम्मरमा साङ्लाले बाँधिएर सिंहदरबारको कम्पाउण्ड भित्रको भुईमा बस्नुपर्यो। नेल, हतकडी र साङ्लाले बाँधिएर कैयौँ महिना झ्याल खानामा थुनिनु भयो । ज्यादै कष्टकर जेल जीवन पुनः ८ वर्षसम्म भोग्दै भोक हड्तालमा उत्रनुभयो ।
यसरी बी.पी. कोइरालादेखि कैयौं नेताहरुले देश र जनताका लागि भनेर जेलनेल खाएर अनबरत रुपमा जीवनरत संघर्ष गरेर, सर्वस्वहरण सहेर ल्याएको प्रजातन्त्रमा अहिले आएर बनेका विना संघर्ष, विना साधना, विना योग्यता, विना अनुभव तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सीले भने झै नातावाद, कृपावाद, व्यभिचारी र पैसाका भरमा पदमा पुग्न सफल भएकाहरुले जनताको करको दायरा बढाएर, गरिबीलाई उठ्नै नसक्ने गरी करको भार थपेर उठाइएको राजस्वमा भ्रष्ट शासक बनी रमाइरहेको देख्दा जनमानसमा वितृष्णा छाएको छ ।
बी.पी. कोइराला राष्ट्रियताको मतलब भूगोल मात्र नभई जनताको हक अधिकारको संरक्षण गर्नु हो भन्दै प्रजातन्त्रमा राष्ट्रियता, स्वतन्त्रता र सामाजिक न्याय हुनुपर्ने र समाजवादमा गरिब र किसानलाई प्राथमिकता दिदै यिनैको भलो र उन्नतिका लागि ल्याइने कार्यक्रम हुनुपर्छ भन्ने जस्ता महान विचारले ल्याएको प्रजातन्त्रमा हाल आएर लोकतन्त्र र गणतन्त्रका नाम बनाएर पद प्राप्त गर्न सफल भएका स्थानीय प्रदेशीय तथा केन्द्रीय सरकारी पदमा बसेर भ्रष्टचार गरी देश र नागरिकलाई चुसेर आफ्नो र आफ्नाको भूँडी भर्दै देश समृद्धि तिर गएको, विकास भएको कुरा फलाक्न पछि नपर्ने नेता भनाउँदाहरुलाई बी.पी. सहितका देशमा प्रजातन्त्र ल्याउन जेलनेल खाएका सहिदका आत्माले सराप्ला भन्ने डर किन नलागेको होला? सम्पन्नशाली व्यक्ति नै सत्तामा पुगेको छौं त किन गरिबको पसिनाबाट उठाएको पैसामा भ्रष्ट बन्छौं ? किन पाप कमाईमा मन लगाउँछौं ?
शास्त्रमा पनि पाप कमाइको वर्णन गरिएको पाइन्छ कि पाप गरेर कमाइएको धनले तिन पुस्ता मास्छ भनेर पाप कमाइ गर्नेको कि त ३ पुस्ता नै हुँदैनन् । यदि भए पनि भ्रष्ट भएर, पाप गरेर कमाएको धन ती पुस्ताले भोग्नै पाउँदैन भन्ने जङ्गबहादुरका नातिहरुले अहिले मागेर खानुपरेको सर्वविदितै छ त ।
मानिसले जीवन मापा पकर्म गरेर सम्पत्ति कमाउनु जस्तो नीच कार्य अरु केही हुँदैन । आगोले पोले भन्दा बढी त्यही पाप कर्मले पोल्छ । साथै शत्रुले भन्दा बढी हानी पाप कर्मले गर्छ । त्यसैले महान नेता र सहितका आत्मा र योगदान सम्झी देश र जनताको सेवा गर ।
मानवता देखाऊ, देश लुट्ने र जनता चुस्ने भ्रष्ट नबन । आफ्ना सन्ततिका शत्रु आँफै नबन, आफ्ना पुस्ता नविगार, नमास । भ्रष्ट नेतालाई चेतना भया !





