नेपालमा भारतीय दुतावासको समानान्तर शासन !

लैनचौरस्थित भारतीय राजदूतावासले नेपालका ठूला मिडिया हाउस र भीभीआइपीहरूलाई रात्रिभोज दिएर प्रभावित बनाउन खोजेको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति लैनचौरस्थित राजदूतावासभित्र मदिरासहितको रात्रिभोज दिएका हुन् । रात्रिभोजमा सिंगलमार्ट ह्वीस्की, डबल ब्ल्याक लेबल, जंगली बँदेलको मासु, मीठाइसहितका परिकारले स्वागत गरिएको उच्च स्रोतले जनाएको छ । आईफा अवार्ड, भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी जाँचलगायतका विषयमा नेपाल–भारतबीच सम्बन्ध चिसिएका बेला राजदूत पुरीले नेपालका ठूला मिडियाका मालिका, सम्पादक तथा केही झिनामसिना अनलाइनका सम्पादकहरूलाई बोलाएर रात्रिभोज दिएका हुन् ।

राजदूतावासभित्र रहेको राजदूत पुरीको निवास इण्डिया हाउसमा रात्रिभोज दिइएको थियो । रात्रिभोजमा युरोपियन युनियनका नेपाल ‘एजेन्ट’ दमनाथ ढुंगानाका ज्वाइँ एवम् कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले, देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरे, अन्नपूर्ण पोस्ट दैनिकका सम्पादक हरिबहादुर थापा, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल, नयाँ पत्रिका दैनिकका मालिक एवम् सम्पादक कृष्णज्वाला देवकोटा, केएमजीका अनुप काफ्ले, घटना र विचार साप्ताहिकका सम्पादक देवप्रकाश त्रिपाठी, मधेस मिडिया हाउस नामक एनजिओका मालिक डा.राजेश अहिराज, द हिमालय टाइम्सका सम्पादक प्रकाश रिमाल, एबीसी टेलिभिजनका मालिक शुभशंकर कँडेल, कान्तिपुर टेलिभिजनका सम्पादक प्रशान्त अर्याल, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, अभियान दैनिकका सम्पादक मदन लम्साल, वैदेशिक रोजगार व्यवसायी एवम् सगरमाथा टेलिभिजनका मालिक निर्मल गुरुङ, खबर हव डटकमका सम्पादक प्रमोद सेंढाई, मानस घिमिरेलगायतको उपस्थिति रहेको उच्च स्रोतले जनाएको छ ।

भारतीय राजदूत निवास इण्डिया हाउसमा आयोजित मदिरासहितका भव्य रात्रिभोज र छलफल कार्यक्रममा भारतीय राजदूत पुरीले नेपालमा भारतविरुद्धको भावना यथावत् रहेको भन्दै चिन्ता जनाएका थिए । राजदूत पुरीले सिधै केही पनि नभने पनि उनको आशय नेपालका मिडियाले भारतको विरोध नगरुन् भन्ने थियो । मदिरासहितको उक्त रात्रिभोजमा भारतीय राजदूतावासमा कार्यरत उच्च अधिकारीहरूको उपस्थिति रहेको बताइन्छ । यो गम्भीर राष्ट्रघात हो । याे भारतले नेपालमाथि बलुवटाारका विरूद्द लैनचाैरबाट संचालन गरेकाे समानान्तर शासन हाे ।