ताजा समाचार

श्रावण २१ गते २०७६

निरपेक्ष विरोधको ध्वंशात्मक राजनीति

एकपटक गम्भीर भएर सोचौं त, नेपालमा जब कम्युनिस्ट सत्तामा हुँदा जनताको पिडामा मल्हम लगाउने कोसिस गर्छ, जब शिघ्र विकासका आधार तय गर्छ तब त्यो सत्ताको पुरै शक्ति लगाएर विरोध गरिन्छ । कुनैबेला वृद्ध आमाबुवा हरुलाइ सामाजिक सुरक्षा भत्ता दिने योजना ल्याएर कार्यान्वयन गरियो त्योबेला सारा शक्ति लगाएर विरोध गरियो, जब कम्युनिस्ट हरु सत्तामा हुँदा आफ्नो गाउँ आफै बनाउँ योजना ल्याइयो त्यो बेला कमिसन खान पाइदैन भन्ने डरले सातो उडेका हरुले राज्यकोषको रकम कनिका छरे झै छर्यो भनेर आलोचनाको विशाल जाल बिछ्याएर सरकार नै ढलाइदिए । यो देशमा जब दुखी गरिब र विपन्नको हितमा काम गरिन्छ तब विरोध र आलोचनाका हजारौं जालहरु बिछ्याइन्छन त्यसैको अर्को उदाहरण बनेका छन वर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट ।

स्वदेशमा श्रम गर्नेहरुको भविष्य उज्ज्वल रहोस भनेर योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रारम्भ गरे तब अरु निहु नपाएर पोस्टरलाइ आधार मानेर विरोधको जाल बिछ्याइयो । जब न्युनतम भएपनी बेरोजगार गरिब परिवारले राहत पाउन भनेर प्रधानमन्त्री रोजगार कार्यक्रमको पहिलो चरणको काम सुरु भयो तब विरोध गर्नका निम्ति अनेकौं जालहरु बिछ्याउन सफल भए विरोधी हरु । एकपटक गम्भीर भएर सोचौ न, प्रधानमन्त्री रोजगार कार्यक्रममा खर्च भएको त्यो दुई अर्ब रकम शहरमा गोष्ठी गरेर भत्ता बाँडेर सकेको भए न कसैले प्रोपोगन्डा बनाउँथ्यो न विरोधका जालहरु बिछ्याइन्थे, किनकी हाम्रो देशमा जब कसैले उत्पिडनमा परेका दुखी, गरिब दलित हरुलाइ राहत पुग्ने योजना आउँछन तब मात्रै विरोधका वाणहरु चल्ने गर्छन ।

शोषक हरु शोषक नै रहनु पर्छ र शोषकबाट पिडित भएकाहरु पीडितनै रहनु पर्छ भन्ने मानसिकताले जरा गाडेको छ । होइन भने विरोध गर्नेबेला वा जाल बिछ्याउनु भन्दा पहिला सोच्नुपर्थ्यो कि, प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवातले रोजगारी राज्यको एक प्रमुख नीति बनेको छ, देशभर बेरोजगार को लगत संकलन र रोजगार सेवा केन्द्रको स्थापना तथा रोजगारिका अवसरको बारेमा सहजीकरण भएको छ ।

विरोध र प्रोपोगन्डाको जाल बिछ्याउनमा मात्रै ध्याउन्न भएका शहरिया भुइफुट्टाहरु प्रधानमन्त्री रोजगार कार्यक्रमले देश नै डुबाए झैं गरिरहेका छन । तर तिनिहरुले गरिबहरुले पाएको राहत, गाउँ गाउँमा हुन नसकेका तर अहिले भएका सामुदायिक कामहरु देख्दैनन । दीर्घकालीन रोजगारी भएर परिवार पालिरहेको व्यक्ती एक महिनाको भएपनी रोजगारी गर्छु भन्दै तयार हुँदैन, जो गरिब छ, जसले परिवार पाल्न कष्टकर जीवन विताइरहेको छ, जो बेरोजगार भएर भौँतारिरहेको छ हो त्यस्ता व्यक्तिहरुले रोजगार पाएका छन र तिनिहरुको मुहारमा थोरै भएपनि खुसी थपिएको छ । आफ्नै देशको विपन्नको आँखामा खुसी थपिँदा शोषकहरु लाई टाउको दुख्नु सायद स्वभाविक होला । सरकारले बेरोजगारको सुचि तयार गर्ने, रोजगार कार्यक्रम मार्फत गर्ने कार्य, त्यसका निम्ति कामदारको छनोट जस्ता जिम्मेवारी स्थानीय तहलाइ सुम्पिएको थियो ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।