Author Archive

मुस्ताङका स्कुल पोखरा सरे

उत्तरी कोरलानाकासँग जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित अधिकांश विद्यालय चिसो छल्न बेंसी झरेका छन् । वर्षेनी हिउँदयाममा उपल्लो मुस्ताङका विद्यालयले पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गर्दै आइरहेका छन् । यस वर्ष पनि साबिकका घुम्ती विद्यालयले विद्यार्थी पोखरा झारेका हुन् । लोमान्थाङका दिब्यदीप मावि छोसेरसहित १० आधारभूत सामूदायिक विद्यालय बेंसी झारिएको छ । पालनाम्ग्याल , मञ्जुश्री, निफुक नाम्डोल नर्बुलिङ र महाकरुणा शाक्यापा गुम्बा विद्यालय तथा लोमान्थाङ बजारमा सञ्चालित… पुरा पढौ

बूढीगण्डकी डुबान क्षेत्रवरपर चक्रपथ

गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया सुरु भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजना अन्तर्गत १ सय किलोमिटर सडक निर्माण प्रक्रिया सुरु गर्न लागेको जानकारी दिए । आयोजनावरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ । प्रमुख कार्कीले भने,‘आउँदो… पुरा पढौ

तिहारलाई ११ करोडका माला विदेशबाट

फूल उत्पादन पनि कृषि पेशा हो भन्ने कुरा किसानलाई बुझाउन नसक्दा फूलको आयात घटाउन सकिएको छैन । यस वर्षको तिहारमा करिब ३ लाख विभिन्न जातका माला भारतबाट आयात हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुले तिहारलाई माला अपुग हुने देखिएकाले यसवर्ष झण्डै ११ करोडको ४५ जातका ३ लाख सयपत्रीका माला र फूल आयात गर्न लागिएको बताए । भाइटीकामा काठमाडौंलाई मात्र रू १५ देखि १७ लाखको माला… पुरा पढौ

सांग्रिलाको वार्षिकोत्सवमा रक्तदान

काठमाडौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड १५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखाहरुमा रक्तदान आयोजना गरेको छ । बैंकको केन्द्रीय कार्यालय, कलस्टर कार्यालयहरू, पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालय, नारायणगढ र बुुटवलमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा बैंकका ग्राहक, सञ्चालक, सयरधनी र कर्मचारीको सहभागितामा रक्तदान आयोजना गरिएको हो । केन्द्रीय कार्यालय बालुुवाटार काठमाडौंमा ४५ प्वाइन्ट, कलस्टर कार्यालय पोखरामा १ सय ४२ प्वाइन्ट, नेपालगञ्जमा… पुरा पढौ

पोखराका सबैजसो वडाबाट कर संकलन

नयाँ कार्यविधि अनुसार पोखरा महानगरपालिकाले वडा कार्यालयबाट पनि कर संकलन सुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश दिएपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगर कार्यालय र वडा कार्यालयबाट कर संकलन सुरु गरेको हो । पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार साविक लेखनाथमा पर्ने वडा नम्बर २७, २९,३० र ३१ बाट कर संकलन सुरु भएको छ । वडा नम्बर ५,… पुरा पढौ

यसरी गर्न सकिन्छ ब्लगबाट कमाइ

के तपाईं लेख्न रुचाउनुहुन्छ ? के तपाई आफ्नो लेखलाई घर बसी–बसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ रु त्यो पनि लाखौंमा १ त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ । इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसी–बसी सजिलै कमाउन सकिने भएको हो । सुरुवात कसरी गर्ने ? यसका लागि सुरुमा… पुरा पढौ

पुष्पलाल स्मृति ब्याडमिन्टन कात्तिक अन्तिम साता

राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता कात्तिक २७ गतेबाट काठमाण्डौमा हुनेभएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा नेपाल खेलकुद महासंघ अन्तर्गत २०६८ सालबाट ¥याङकिङ प्रतियोगिताबाट सुरु गरिएको प्रतियोगिता आठौं संस्करणसम्म आइपुगेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने प्रतियोगिताामा पुरुष तथा महिला एकल तथा युगल, यु १७ छात्र तथा छात्रा एकल र भेट्रान्स (४५ वर्षमाथि) जोडी गरी ७ विधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष… पुरा पढौ

प्रदेश ५ का जिल्लामा नयाँ शक्तिको प्रशिक्षण

नयाँ शक्ति पार्टी, प्रदेश नं. ५ ले प्रदेश अन्तर्गतका जिल्लामा पार्टी प्रशिक्षण आयोजना गरेको छ । सोमबार प्युठानमा भएको कार्यक्रमसँगै प्रदेशका १० जिल्लामा जिल्लास्तरीय प्रशिक्षण सकिएको शक्तिका प्रदेश प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले बताए । नयाँ शक्तिले सोमबार बिजुवार, जुम्रीमा प्युठान र रोल्पा जिल्लाको संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ । प्यूठानमा भएको कार्यक्रममा मुख्य प्रशिक्षक पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रवक्ता डम्बर खतिवडाले नेकपा नेतृत्वको सरकारले आम नागरिकलाई झुक्याउने काम… पुरा पढौ

तातोपानीमा शव फेला

माछापुच्छ्रे गाउँपालिका २ तातोपानी स्थित सेती नदी खोलामा एक महिलाको शव फेला परेको छ । लास ढुंगामा अड्किएको अवस्था शव फेला परेको तर मृतकको पहिचान अझै नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे खबर हुनासाथ प्रहरी खटिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पुरा पढौ

पतिले बलात्कार गरेको भन्दै उजुरी

बलात्कारका घटना बढिरहेका बेला यहाँ यहाँ वैवाहिक बलात्कारको मुद्दा दर्ता भएको छ । कञ्चनपुरकी एक महिलाले आफ्नै पतिविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी हुन् । भीमदत्त नगरपालिका २ भाँसीकी मञ्जु जोशीले पति डम्बर जोशीविरुद्व मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । ‘पतिले आफ्नो इच्छाविपरित यौनसम्पर्क राखेको भन्दै महिलाले मुद्दा दिएकी छन्,’ कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले भने, ‘सोमबार नै जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गरिएको छ ।’ उनीहरुको बिहे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं