बलात्कारका घटना बढिरहेका बेला यहाँ यहाँ वैवाहिक बलात्कारको मुद्दा दर्ता भएको छ । कञ्चनपुरकी एक महिलाले आफ्नै पतिविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी हुन् ।
भीमदत्त नगरपालिका २ भाँसीकी मञ्जु जोशीले पति डम्बर जोशीविरुद्व मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । ‘पतिले आफ्नो इच्छाविपरित यौनसम्पर्क राखेको भन्दै महिलाले मुद्दा दिएकी छन्,’ कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले भने, ‘सोमबार नै जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गरिएको छ ।’
उनीहरुको बिहे डेढ वर्षअघि भएको थियो । मुद्दा दर्ता भएपछि सोमबार नै प्रहरीले महिलाका पतिलाई पक्राउ गरेको छ । उनलाई अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थपेर कारबाही अघि बढाइएको डीएसपी ओझाले जानकारी दिए ।
भदौं १ गतेदेखि लागू नयाँ कानुनपछि पत्नीले पतिविरुद्ध जिल्लामा दर्ता गरेको यो मुद्दा पहिलो हो । मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरको (४) उपदफा (३) मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे ५ वर्ष कैदको व्यवस्था छ ।